प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम अनुमोदन

काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीशमा अनुमोदन गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित सुनुवाइ समितिको हलमा बिहिबार र शुक्रवार भएको सनुवाईपछि कार्कीलाई प्रधानन्यायाधीशमा अनुमोदन गर्ने निर्णय भएको हो । कार्कीलाई सर्वसम्मतले प्रधानन्यायाधीशका लागि अनुमोदन गर्ने निर्णय गरेको समितिका सभापति पशुपतिशमशेर राणाले जानकारी दिए ।
बिहीबारको बैठकमा कार्कीले आफ्नो कार्यकालको कार्ययोजना प्रस्तुत गरेका थिए भने भने शुक्रवार सांसदहरूको प्रश्नको सामना गरेका थिए । उनले आफ्नो कार्यकालमा सर्वोच्चलाई भष्टाचारमुक्त बनाउने, बिचौलिया नियन्त्रण गर्ने, सुशासन कायम गर्ने लगायतका प्रतिबद्धता व्यक्त गरेका छन् । बैठकमा सांसदहरूले उनलाई व्यक्तिको जग्गा हडपेको, घुस खाएको, पुराना मुद्दाको बेवास्ता गरी २ महिनाअघि आएका मुद्दालाई अघि बढाएको, सर्वोच्चको भवन निर्माणमा आर्थिक चलखेल गरेको जस्ता आरोप लगाएका थिए । कार्कीले आफूमाथिको आरोप तथ्यहीन रहेको बताउँदै आरोप पुष्टि भएमा जुनसुकै बेला राजीनामा दिने बताए ।
गत वैशाख २५ गते संवैधानिक परिषद्ले कार्कीलाई सर्वोच्चको प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थाइल्यान्डबाट ल्याएको ५ केजी गाँजा विमानस्थलबाट बरामद, ३ जना पक्राउ
-
२४ वर्षपछि बारको महासचिवमा एमालेको ‘कमब्याक’, को हुन् कोइराला ?
-
थाइल्याण्डबाट ल्याएको ५ केजी गाँजा विमानस्थलबाट बरामद, ३ जना पक्राउ
-
मिडेयाद्वारा आकर्षक अफर र लक्की ड्रको घोषणा
-
१२८ वर्षपछि ओलम्पिकमा फर्किएको क्रिकेटले ६ टोलीमात्र सहभागी गराउन पाउने
-
विश्व योगासनाका पदक विजेतालाई राखेपको बधाई