कुवेतमा ११ नेपाली महिला तीन महिनादेखि अलपत्र
काठमाडौँ । तीन महिना अघि कुवेत पुगेका ११ जना नेपाली महिला अलपत्र परेका छन् । मकवानपुर, काभ्रे, झापा, दाङ लगायतका जिल्लाका उनीहरू तीन महिनादेखि अलपत्र अवस्थामा रहेका छन् । बत्तिस पुतलीमा रहेको ब्लु ओसियन रिक्युटमेन्टमार्फत तीन महिना अघि पुगेका कुवेत पुगेका उनीहरूमध्ये ५ जना कामै नपाएर बस्न बाध्य भएका छन् । एक मस्जिदमा क्लिनरको रूपमा काम गर्दै आएका ६ जनाले समेत तीन महिनामा भनेअनुसार तलब नपाएको गुनासो गरेका छन् ।
नेपालबाट सम्झौताअनुसार तलब नदिएपछि घर फर्काउन अनुरोध गर्दै आएका उनीहरूलाई कम्पनीले घर फर्काउन आनाकानी गर्दै आएको छ । सम्झौतामा मासिक ११० कुवेती दिनार तलब दिने भनेर उनीहरूलाई पठाइएको थियो । तर, अहिले पहिलो महिनामा ५५ कुवेती दिनार र दोस्रो महिनामा ७५ कुवेती दिनार मात्र तलब दिएको एक महिलाले रातोपाटीलाई जानकारी दिइन् ।
‘म नेपाल जान्छु भन्दा जान दिएको छैन । काममा जाँदिन भन्दा पनि जबरजस्ती काममा लैजाने गरेको छ । जान नमान्दा गाली गर्छ । झम्टेलाझै गर्छन् । दैनिक ८ घण्टा काम गर्नुपर्ने भने लगेको थियो । अहिले १२ घण्टासम्म काममा लगाउँछन् ।’ ती महिलाले भनिन् । त्यसरी जानेहरुले कोहीले १ लाख ५० हजार तिरेर गएको बताएका छन् भने कोहीले १ लाख ८० हजारसम्म तिरेको बताएका छन् ।
आफ्नो क्याम्पसमा बसिरहेका दुई जना कुवेतीले गाली गरिरहेको भिडियो समेत सार्वजनिक भएको छ । उसमा उनीहरुले काममा जाँदिन भन्दा गाली गरेर काममा जान दबाब दिएका छन् । ‘काम गर्न सक्दिन घर जान्छु भन्दा घर जान पाउँदैनस्, जसरी पनि काम गर्नुपर्छ भन्छन् । ८ घण्टा ड्युटी भनेर बोलायो अहिले घण्टौँसम्म काममा पेलाउँछन् ।’ ती महिलाले भनिन् ।
नेपालस्थित म्यानपावर कम्पनीले आज भोलि भन्दा भन्दै टार्दै आएको उनीहरूको भनाई छ । ‘पहिलो महिनामा ५५ केडी तलब आउँदा हामीले मेनपावरको दाईसँग कुरा गर्यौं । अर्को महिना राम्रो तलब आउँछ होला कुर्नु भनियो,’ ती महिलाले भनिन्, ‘दोस्रो महिना झन कम दियो । यसरी हामी काम गर्न सक्दिन घर फर्काईदिनुपर्यो भनेको आज भोली भन्दा भन्दै झुलाइरहेको छ ।’
नेपालस्थित ब्लु ओसियन रिक्युटमेन्टका सञ्चालक हिराबहादुर डाँगीले केहीदिनभित्र नै उद्धार गर्ने बताए । ‘उतै अन्य राम्रो ठाउँमा काममा लगाउन सकिन्छ कि भनेर पर्खिदा पर्खिला ढिला भएको हो । अब एक हप्ताभित्र नेपाल फर्काउँछौँ ।’ उनले भने । त्यसका लागि आफू उनीहरू र उनीहरूको आफन्तको निरन्तर सम्पर्कमा रहेको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सा शिक्षा आयोगको बैठक : पीजी विवाद मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेप्से परिसूचक घट्यो
-
जैसवाल,कोहली र राहुलको उत्कृष्ट ब्याटिङसँगै भारतले अस्ट्रेलियालाई दियो ५३४ रनको लक्ष्य
-
जाडो सुरु भएसँगै जम्न थाले मनाङका नदी र ताल
-
रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
-
बीसीसीआई र पीसीबीले आफ्नो अडान नछाडेपछि मतदानबाट समाधान खोज्दै आईसीसी