शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

बुमराह र ऐयरले एसिया कप खेल्न सक्ने

शुक्रबार, ०१ असार २०८०, १० : ३८
शुक्रबार, ०१ असार २०८०

काठमाडौं । आगामी एसिया कप क्रिकेट प्रतियोगितामा भारतका दुई प्रभावशाली खेलाडी जसप्रित बुमराह र श्रेयस ऐयरले पनि सम्भावना रहेको छ । विभिन्न सञ्चारमाध्यमले पनि एसिया कपका लागि भारतीय टोलीमा बुमराह र ऐयरलाई समावेश गरिने सम्भावना रहेको जनाएका छन् ।

आगामी एसिया कप क्रिकेट अगस्त ३१ देखि सेप्टेम्बर १७ तारिखसम्म पाकिस्तान र श्रीलंकामा आयोजना हुँदैछ । प्रतियोगितामा नेपाल, भारत र पाकिस्तान समूह ‘ए’ मा परेका छन् । समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् ।

तिब्रगतिका बलर बुमराह गत सेप्टेम्बरदेखि मैदानमा देखा परेका छैनन् । ढाको समस्याका कारण लामो समयदेखि उनले प्रतियोगिता नखेलेका हुन् । सोही कारणले उनले सन् २०२२ मा अस्ट्रेलियामा भएको टीट्वान्टी विश्वकप पनि खेल्न पाएका थिएनन् ।

२९ वर्षीय दायाँहाते बलर बुमराहले गत अप्रिलमा न्युजिल्यान्डमा ढाडको शल्यक्रिया गराएका थिए । सोही कारणले उनले सन् २०२३ को इन्डियन प्रिमियर लिग (आईपीएल) पनि खेल्न सकेका थिएनन् । हाल उनको स्वास्थ्यमा सुधार आएको छ ।

त्यसैले उनलाई आगामी एसिया कपका लागि भारतीय टोलीमा समावेश गर्न लागिएको समाचारमा जनाइएको छ । ऐयर पनि लामो समयदेखि ढाडकै समस्याबाट पीडित छन् । उनले पनि गत मेमा लन्डनमा ढाडको शल्यक्रिया गराएका थिए ।

पछिल्लो समय बुमराह र ऐयरको उपचारमा संलग्न चिकित्सकहरुले पनि स्वास्थ्यमा सुधार आएकाले दुबै खेलाडीले आगामी एसिया कप खेल्न सक्ने बताएका छन् । उनीहरुले सामान्य रुपमा नियमित अभ्यास पनि सुरु गरिसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप