न्युजिल्याण्डमा आर्थिक मन्दी सुरु, अर्थमन्त्री भन्छन्, ‘प्राकृतिक प्रकोपले यो अवस्थामा ल्यायो’

वेलिङ्टन । न्यूजिल्याण्डमा आर्थिक मन्दीको अवधि सुरु भएको छ । बिहीबार जारी गरिएको आधिकारिक तथ्याङ्क अनुसार न्यूजिल्याण्डको कृषिमा आधारित अर्थतन्त्र मन्दीमा प्रवेश गरेको छ ।
आम निर्वाचनको केही महिना अगाडि आएको विनाशकारी चक्रवातले व्यापक मन्दी निम्त्याएको जनाइएको छ । न्यूजिल्याण्डमा २०२२ को अन्त्यमा ०.७ प्रतिशतले गिरावट आएपछि पहिलो त्रैमासिकमा अर्थतन्त्र ०.१ प्रतिशतले सङ्कुचित भएको तथ्याङ्क सार्वजनिक भएको छ ।
चार महिना पछि न्युजिल्याण्डमा आम निर्वाचन हुदैँछ । सो प्रसङ्ग जोडर्दै न्युजिल्याण्डका अर्थमन्त्री ग्रान्ट रोबर्टसनले मन्दीमा प्रवेश गर्नु ‘आश्चर्यजनक कुरा होइन’ भन्दै आर्थिक मन्दीलाई स्वीकार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
‘हामीलाई थाहा छ २०२३ एक अत्यन्त चुनौतीपूर्ण वर्ष हुन गइरहेको छ किनकि विश्वव्यापी वृद्धि सुस्त छ, मुद्रास्फीति लामो समयसम्म रहन्छ र उत्तर आइल्याण्डको मौसम घटनाहरूले घर र व्यवसायहरूमा प्रभाव पारिरहेको छ ,’ रोबर्टसनले भने। अकल्याण्डमा जनवरीमा आएको बाढी तथा फेब्रुअरीमा आएको चक्रवात गेब्रियलका कारण भएको विनाशले अर्थतन्त्रमा गम्भीर असर पर्न गएको उनको स्पष्टीकरण छ ।
न्यूजील्याण्ड सरकारले मौसम प्रकोपबाट भएको क्षतिको क्षतिपूर्ति पुरा गर्न १५ मिलियनसम्म लाग्ने अनुमान गरेको छ। सन् २०२० पछि न्युजिल्यान्डको यो पहिलो मन्दी हो। कोरोना महामारीका कारण धेरै देशले आफ्नो सिमाना बन्द गर्नुपर्यो, जसका कारण निर्यात रोक्नु परेको थियो, सो चपेटामा परेको न्युजिल्याण्डमा २०२० मा मन्दी आएको थियो ।
विपक्षी वित्त प्रवक्ता निकोला विलिसले भने, ‘बढ्दो मुद्रास्फीतिको बाबजुद सङ्कुचित भएको न्यूजिल्याण्डको अर्थतन्त्रको लागि रातो बत्ती बालेको छ। कृषि, उत्पादन, यातायात र सेवाहरू सबैमा गिरावट देखियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२५ करोड प्रकरण : ट्रक चालक लामा पुर्पक्षका लागि कारागार चलान
-
कार्य सम्पादनलाई पारदर्शी बनाउन मन्त्री दाहालको निर्देशन
-
भीमा गुरुङ मृत्यु प्रकरण: एक वर्षपछि फैसला, १५ लाख क्षतिपूर्ति दिनुपर्ने
-
करिब २ सय ४४ किलोग्राम गाँजासहित बोलेरो चालक पक्राउ
-
फुटबल लिजेन्ड रोबर्टो कार्लोस एनएसएल क्वालिफायर खेलको विशेष अतिथि
-
निरन्तरको कमजोर प्रदर्शनपछि प्ले–अफमा पुग्न सङ्घर्षरत मुम्बई र हैदराबाद आपसमा भिड्दै