काठमाडौँ । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीमाथि संसदीय सुनुवाइ समितिमा सांसदहरूले प्रश्न गरिरहेका छन् ।
उनका व्यक्तिगत काम कारवाहीका बारेमा प्रश्न गरिरहेका छन् । यसअघि बिहीबारको बैठकमा कार्कीले आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए ।
आजको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिएपछि समितिले उनको प्रस्तुति चित्त बुझेमा कार्कीलाई प्रधानन्यायाधीश रूपमा नियुक्त गर्न सक्नेछ ।
प्रतिक्रिया