कटहरिया नगरको बेरुजु ५८ करोड नाघ्यो
शुक्रबार, ०१ असार २०८०, ०९ : ३९

रौतहट । रौतहटको कटहरिया नगरपालिकाको बेरुजु ५८ करोड नाघेको छ। वर्तमान मेयर अजय प्रकाश जैसवाल र निवर्तमान मेयर सियाराम कुशवाहाको पालाको गरी कटहरिया नगरपालिकाको हालसम्म कुल बेरुजू ५८ करोड १९ लाख ३५ हजार रुपैयाँ देखिएको हो।
आर्थिक वर्ष २०७८-०७९ अर्थात मेयर जैसवालको पालमा मात्र १ वर्षको अवधिमा १८ करोड ८५ लाख ८८ हजार बेरुजु रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ। सो मध्ये असुल उपर हनु पर्ने बेरुजु १ करोड ४६ लाख ५० हजार रहेको छ।
मेयर अजय प्रकाश जैसवालको पालमा मात्र १ वर्षको अवधिमा ७० लाख भन्दा बढीको इन्धन खर्च देखाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकको पसिनाले देश अगाडि बढेको छ : प्रधानमन्त्री
-
श्रमजीवीको संघर्षकै कारण देशमा गणतन्त्रात्मक व्यवस्था कायम भएको हो : प्रचण्ड
-
‘कि जितिन्छ, कि बितिन्छ’ भन्दै सडकमा आएका शिक्षकहरूको उधारो सहमति
-
सुनसरीबाट ७ सय ८३ किलो गाँजासहित दुई जना प्रहरीको नियन्त्रणमा
-
सरकार–शिक्षक सहमति : शिक्षकहरूले निजामती कर्मचारी सरह ग्रेड र रकम पाउने
-
२९ दिने आन्दोलनमार्फत के पाए शिक्षकले ? के भन्छन् महासङ्घ अध्यक्ष सुवेदी ?