जनकपुर यातायात व्यवस्था कार्यालयबाट एक बिचौलिया पक्राउ
बिहीबार, ३२ जेठ २०८०, १८ : ०२

जनकपुरधाम । धनुषा प्रहरीले यातायात व्यवस्था कार्यालय जनकपुरबाट एकजना बिचौलियालाई पक्राउ गरेको छ। प्रहरीले जनकपुरधाम उपमहानगरपालिका १४ का २६ वर्षीय सुवास कुमार राउत पक्राउ गरेका हुन्।
यातायात व्यवस्था कार्यालय जनकपुरमा आउने सेवाग्राहीहरूसँग काम छिटो छरितो गराइदिन्छु भनी आर्थिक लाभ लिई बिचौलियाको काम गरिरहेको छ भन्ने सूचनाका आधारमा खटिएको प्रहरी उनलाई बिहीबार २ बजे पक्राउ गरेको हो ।
शुक्रवार यातायात कार्यालयमा सेवाग्राहीहरूसँग बार्गेनिङ गरिरहेको अवस्थामा राउतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका राउतमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार निर्वाचन : कुन पदमा कसले दिए उम्मेदवारी ? (नामावलीसहित)
-
राज्यको पैसा खर्च गरेर नेताका नाममा खेल प्रतियोगिता गर्नु कति जायज ?
-
कस्तो प्रश्न मर्यादित, कस्तो अमर्यादित ?
-
प्रधानाध्यापकद्वारा छात्रालाई अश्लील म्यासेज, गाउँपालिकाले स्पष्टीकरण सोधेपछि राजीनामा
-
स्थिर सरकार बने मात्र राजनीतिक स्थायित्व हासिल गर्न सकिन्छ : एमाले महासचिव
-
रेड्मी बड्स ६ सिरिज नेपालमा सार्वजनिक