नक्कली भुटानी शरणार्थी प्रकरण
नक्कली शरणार्थी प्रकरणमा १८ जनै प्रतिवादीको तर्फबाट बहस सकियो, भोलि जवाफी बहस
बिहीबार, ३२ जेठ २०८०, २० : ४३

काठमाडौँ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको अभियोग लागेका सबै प्रतिवादीको तर्फबाट बहस सकिएको छ । काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा सबै १८ प्रतिवादीको तर्फबाट अधिवक्ताहरुले बहस सकेका हुन् ।
प्रतिवादीको तर्फबाट बहस सकिएपछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँका प्रमुख अच्यूतमणि न्यौपानेसहितका ४ जनाले जवाफी बहस गर्नेछन् । न्यायाधीश न्यौपानेले शुक्रबार २ बजेभित्र बहस सक्न सरकारी वकिललाई इजलासबाट भनिसकेका छन् ।