आशिषको नयाँ गीतमा प्रभात र गरिमाको रोमान्स
बिहीबार, ३२ जेठ २०८०, १३ : ५३

काठमाडौँ । गायक आशिष अविरल र गायिका सुशीला पाठकको स्वरमा रहेको गीत ‘ओ हो नि’ को भिडियो सार्वजनिक भएको छ । गीतमा शिव हमालको शब्द र संगीत छ । भिडियोमा प्रभात ठकुरी, गरिमा शर्मा, सुमिन गुरुङ र प्रतिक गौतम फिचर्ड छन् ।
भिडियोमा सन्जु मगरको कोरियोग्राफी, सुप्रिम पराजुलीको कलर, विकास प्रसाईको सम्पादन, उत्सव दाहालको छायांकन छ । भिडियोको निर्देशन विकास प्रसाईले गरेका हुन् । गीत आशीष अविरलको युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।