सांसदको प्रश्न : क्याम्पसमा लागेको ताला खोल्न जानुपरेको हो ?

काठमाडौँ । रास्वपा सांसद हरि ढकालले चितवनस्थित रामपुर क्याम्पसमा लागेको ताला सरकारले नखोले आफु र आफ्नो पार्टीका अध्यक्षले खोल्न जानुपर्ने हो ? भनेर सरकारलाई प्रश्न गरेका छन् । उनले प्रधानमन्त्रीले समेत अध्यापन गरेको उक्त क्याम्पसमा ताला लागेको ६ महिना भन्दा बढी हुँदा पनि ताला खोलनतिर ध्यान नगएको भन्दै सरकारको ध्यनाकर्षण गराए ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद ढकालले विश्वविद्यालयहरुमा अराजकता बढेको भन्दै त्यस काममा सत्तारुढ दलका कार्यकर्ताको संलग्नता रहेका बताए । उनले भने, ‘विश्वविद्यालयहरुको यो हालत बनाउन सत्तारुढ दलका कार्यकर्ताको हात छ ।’ त्यस्तै रास्वपाकै अर्का सांसद सोविता गौतमले जलवायु परिवर्तनका कारण भयाबह स्थिति आइरहेको भन्दै त्यसमा सरकारले गर्नुपर्ने कामहरु समेत नगरिरहेको बताइन् ।
‘देशभर अत्याधिक गर्मी बढेको छ, लुको कहर छ । हिमाल नांगिएका छन्, डाँडापाखा कंक्रिट बनेका छन्’, सांसद गौतमले भनिन्– ‘सरकारले जलवायु परिवर्तनको भयावह स्थिति नआउन दिन गर्ने भनेको काम समेत गरेको छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँगनमा कुखुरा आएको निहुँमा बुवामाथि गोली प्रहार
-
रेशमलाई पक्राउ गर्नुपर्ने पत्र बोकेर १० बजे नै डिल्लीबजार पुगेका थिए महिमानसिंह विष्ट
-
यी हुन् सरकार र शिक्षकहरूबिच भएका ९ बुँदे सहमति
-
विद्यालय शिक्षा विधेयक तपाईंहरूकै घरमा लैजान्छौँ : गृहमन्त्री लेखक
-
शिक्षकको माग पूरा गर्दा सरकारलाई करिब ८ अर्ब दायित्व बढ्ने
-
विद्यालय शिक्षा विधेयक पारित गर्ने सम्बन्धमा सत्तापक्षले गरेको लिखित प्रतिबद्धता सार्वजनिक