शनिबार, १३ पुस २०८१
ताजा लोकप्रिय

बङ्गलादेशमा बिजुली बेच्ने बाटो खुल्नु सकारात्मक'

बिहीबार, ३२ जेठ २०८०, ११ : ५१
बिहीबार, ३२ जेठ २०८०

काठमाडौँ । नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णु अग्रवालले बङ्गलादेशतर्फ बिजुली बेच्ने बाटो खुल्नु ऊर्जा क्षेत्रमा नयाँ सम्भावनाको ढोका खुल्नु भएको बताएका छन् । आज आयोजित स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानको २१ औँ वार्षिक साधारणसभामा बोल्दै अग्रवालले यस्तो बताएका हुन् । 

उनले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएको भारतसँगको सम्झौताले समेत नयाँ ढोका खुलेको बताए । सोही क्रममा बङ्गलादेशतर्फ बिजुली बेच्ने बाटो खुल्ने प्रारम्भिक सम्झौता भएपछि नेपाली लगानीकर्तामा आत्मबल बढेको समेत बताए । 

यस्तै करिब १० हजार मेगावाट बिजुली पावर पर्चेस एग्रिमेन्टको पर्खाइमा रहेको समेत बताए । उक्त आयोजनाहरूको बिजुली खरिद सम्झौता गरेर नयाँ लगानीको बाटो खोल्नु पर्ने र आजभन्दा १० वर्ष पछाडिका लागि चाहिने बिजुली सुनिश्चित गर्नुपर्ने समेत अग्रवालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप