बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया

हरिकृष्ण कार्कीको कार्ययोजना- अदालतको भ्रष्टाचार र बिचौलिया रोक्न सूक्ष्म अनुसन्धानदाता खटाउँछु

बिहीबार, ३२ जेठ २०८०, ०९ : ३३
बिहीबार, ३२ जेठ २०८०

काठमाडौँ । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले अदालतमा हुने भ्रष्टाचारमा शून्य सहनशीलता कायम गर्ने प्रतिबद्धता जनाएका छन् । 

उनले न्यायापालकालिकालाई स्वच्छ पारदर्शितालाई जोड दिने बताउँदै  भ्रष्टाचार रोक्न सूक्ष्म अनुसन्धानदाता खटाउने व्यवस्था गर्ने बताएका छन् । बिहीबार संसदीय सुनुवाइ समितिमा बोल्दै कार्कीले कर्मचारीले पालना गर्ने आचरण सम्बन्धी व्यवस्था लागू गरेर अनुगमन गर्ने बताए ।

सेवाग्राहीबाट प्राप्त राय सल्लाह सम्बन्धी पक्षमा पुर्‍याउने, सेवाग्राहीको गुनासो सुन्ने व्यवस्था गर्ने, अदालतमा बिचौलियाको गतिविधि नियन्त्रण गर्ने, बिचौलियामाथि सूक्ष्म  निगरानी गर्ने र दोषीलाई कारबाही गर्न सम्बन्धित निकायमा सिफारिस गर्ने, बिचौलिया नियन्त्रण गर्न छुट्टै कानुनी व्यवस्थाका लागि पहल गर्ने उल्लेख  गरेका छन् ।  

मुद्दाको पेशी स्वचालित मेसिन प्रणाली सुचारु नभएसम्मका लागि गोलाप्रथाबाट काम जारी राखिने उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप