संसदीय सुनुवाइ समितिमा हरिकृष्ण कार्कीले के भने ?

काठमाडाैँ । संसदीय सुनवाइ समितिको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आफूमाथि लागेका आरोपहरुको प्रष्टीकरण दिइरहेका छन् ।
साथै उनले न्यायालय सुधार्ने आफूले प्रयास गरेको दाबी गर्दै प्रधानन्यायाधीश नियुक्त भएपछि गर्ने कामको फेहरिस्त सुनाइरहेका छन् ।
यस्तो छ उनको प्रष्टीकरण
मैले २०३९ सालमा नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक तह पुरा गरेँ । २०४० सालदेखि २०७२ सालसम्म कानुन व्यवसाय गरेर आएँ । विभिन्न प्रकृतिका मुद्दाका साथै वाणिज्य सम्बन्धी कानुनका मुद्दा हेरे । केही निजी संस्थाका कानुनी सल्लाहकारको भूमिका पनि निर्वाह गरे । २०४८ सालमा नेपाल बार एशोसियसनको केन्द्रीय सदस्य हुने अवसर पाएँ । कानुन व्यवसायलाई अनुशासित बनाउन कानुन व्यवसायी परिषद् ऐन बनाउन भूमिका खेलेँ ।
२०६९ सालमा नेपाल बार एशोसियसनको अध्यक्ष निर्वाचित हुने अवसर पाएँ । म १० हजार कानुन व्यवसायीबाट निर्वाचित भएको थिएँ । त्यसपछि करिब ३ महिना नेपाल राज्यको महान्यायाधिवक्ताको भूमिकामा रहेँ । त्यसपछि मलाई सर्वोच्च अदालतमा भूमिका खेल्न प्रस्ताव आयो । मलाई व्यक्तिगत रूपमा मलाई रुचि त थिएन तर त्यो आग्रहलाई स्वीकार गरेर सर्वोच्चमा भूमिका खेल्न थालेँ । २०७२ फागुन १८ गते सिफारिस भएर २०७३ साउन १९ मा नियुक्त भएको थिएँ ।
सर्वोच्चमा पञ्चवर्षीय योजना बनाएर अगाडि बढाउने काम गरेँ, त्यो अहिले लागू भइरहेको छ । अटोमेशन र सर्वोच्चको विकृति विसङ्गति हटाउने समितिको नेतृत्व गरेर काम गरेँ । ५ हजार ५ सय ८६ मुद्दा मैले फैसला गरेको छु ।
संवैधानिक, देवानी, फौजदारी लगायतका विभिन्न प्रकृतिका मुद्दाको फैसला गरेको छु ।
सर्वोच्चमा आर्थिक वर्ष २०७८-०७९ मा ३५ हजार ४७६ मुद्दा रहेकोमा त्यो बढेर आर्थिक वर्ष २०७९-०८० मा ३८ हजार ६८१ मुद्दा रहेको छ । गएको २ वर्षमा सर्वोच्चमा ५ हजार ९ सय ५८ मुद्दाको फैसला भएको छ ।
सर्वोच्चमा २१ जना दरबन्दी रहेकोमा १६ जना न्यायाधीश छन् । यसअघि १ हजार ४७ प्रतिन्यायाधिस फैसला भएकोमा अहिले १२९७ प्रतिन्यायाधिस फैसला भएको छ तर दरबन्दी अनुसार न्यायाधीश नहुँदा लक्ष प्राप्ति गर्न सकिएको छैन ।
२०६९ सालदेखिका मुद्दा बाँकी छन्, ५ वर्ष नाघेका मुद्दालाई शून्य गर्ने नीति बनाएर अघि बढेका छौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पञ्चेश्वरमा ९ महिनाभित्रै डीपीआरमा सहमति हुने गरी काम भइरहेको छ’
-
काभ्रेमा बस दुर्घटना, १७ जना घाइते
-
म्याग्दीमा केही मिनेटको अन्तरमा दोस्रो भूकम्प
-
नेपालको ३० र भारतको ७० प्रतिशत लगानीमा सहमति हुनुपर्छ
-
‘महाशिवरात्रिमा भगवान् पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ’
-
तीनपटक आयोजक, दुईपटक फाइनलमा तर, सधैँ अभागी