आश्रममा पहिरो
आजकल एकाएक
भत्कँदै गएको छ
मनको पहिरो।
खै किन–किन मन उजाडिएर फुङ्ग उडेको छ
दिन प्रतिदिन हरियाली जङ्गलहरू फाँडिदै गएकाले
सायद जताततै बलियो गरी उभिन खोज्दा पनि भत्किरहन्छ
आश्रममा पहिरो गएको छ ।
अनायासै घर–परिवारलाई पहिरोले रुखो बनाएको छ
खाडी उड्ने जहाजले मनको पहिरो झनै भासिन्छ
जतासुकै
उफ!
समाज चोक, गल्ली , सडक र चोकमा
दुर्व्यवहार, घरेलु हिंसाको, आर्थिक र सामाजिक घृणाको
पहिरो खसेको देखिन्छ ।
लम्पसार बनेको न्यायालयले पहिरो रोक्नुको साटो अझ
पहिरो बढ्न मलजल गर्दै छ
जमिनलाई नखस्ने गरी समातिएका जरालाई
खनिरहनेहरूको समूह बढिरहेछ
न त बलियो गरी पर्खाल लगाउने स्रोत नै बन्छ
अपमान र तिरस्कार, हेय भावनाले स्वर्ग समान धर्तीलाई
छियाछिया बनाई लडाइरहेको छ ।
कतै कानुनले बाँधेन पहिरो
क्षति पुर्याउने पीडकलाई बाँधेन
मात्र होस्टाइल बनी रमिता हेरिरह्यो
विडम्बना,दुर्व्यवहारको पहिरोलाई कोही रोक्न सकेन ।
(कवि मानव अधिकार अधिकृत हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बसको ठक्करबाट बालिकाको मृत्यु
-
सरकारले अध्यादेशमार्फत विधेयक ल्याउने कुराको विरोध गर्छौं : प्रमुख सचेतक पाण्डे
-
जुत्ता–चप्पल निर्यातभन्दा आयात सात गुणाले बढी, चौरी पैठारीले स्वदेशी उत्पादन प्रभावित
-
आईपीएल २०२५ सिजनको खेल तालिका परिवर्तन
-
१३ जना सचिवको सरुवा, दुई जनालाई कामुको जिम्मेवारी
-
जेमिमाहको शतकसँगै भारतलाई शृङ्खला