जापान : प्रशिक्षार्थीले गोली चलाउँदा दुई सैनिक प्रशिक्षक मृत्यु
बुधबार, ३१ जेठ २०८०, २१ : ०९

टोकियो । जापानको एक सैन्य तालिम केन्द्रमा नयाँ भर्ती भएका सैनिकले गोली चलाउँदा दुई जापानी प्रशिक्षक सैनिकको मृत्यु भएको र एक जना घाइते भएका छन्। १८ वर्षीय ती प्रशिक्षार्थीलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको र हत्या प्रयासको आशंकामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
ती प्रशिक्षार्थीले बुधबार गिफुमा गोली चलाउने अभ्यासका क्रममा प्रशिक्षकहरूमाथि आठ पटक गोली प्रहार गरेका थिए। मारिनेहरूमा एक २५ वर्षीय पुरुष पनि रहेको अधिकारीहरूले बताएका छन्। घटनाका अन्य पीडितहरुको विवरणहरू अझै पत्ता लागेको छैन । तर उनीहरू सबै प्रशिक्षकहरु नै रहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घुस दिँदादिँदै पक्राउ परेका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सापकोटा दोषी ठहर
-
कार्यान्वयन योग्य बजेट ल्याउन पूर्व अर्थमन्त्रीहरुको सुझाव
-
१० बजे १० समाचार : रास्वपाको महाधिवेशन सर्यो–राप्रपा निषेधित क्षेत्रमा, प्रहरीको बढुवामा गोलमाल
-
सोलुखुम्बुको थामेमा आरोही सम्मेलन हुने
-
मुम्बईविरुद्ध १६२ रनमै रोकियो हैदरावाद, चलेनन् ब्याटर
-
गौतम डब्लुएचओ सल्लाहकार समितिको उपाध्यक्ष नियुक्त