इप्पान निर्वाचन
इप्पानको अध्यक्षमा कार्की निर्विरोध निर्वाचित, मल्लको उम्मेदवारी खारेज
बुधबार, ३१ जेठ २०८०, १८ : ५४

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) को अध्यक्षमा गणेश कार्की निर्विरोध निर्वाचित भएका छन् । इप्पानको निर्वाचन समितिले किरण मल्लको उम्मेदवारी खारेज गरेसँगै कार्की अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
अध्यक्षमा मल्ल योग्य नभएको भन्दै निर्वाचन समितिले अन्तिम नामावली प्रकाशनमा उनको उम्मेदवारी खारेज गरेको छ । निर्वाचन समितिले अध्यक्ष पदमा कार्की, वरिष्ठ उपाध्यक्ष पदमा महोनकुमार डाँगीको नामा प्रकाशित गरेको छ ।
यस्तै उपाध्यक्षमा ५ जनाको नाम प्रकाशन गरेको छ । जसमा भरतबहादुर खत्री, उत्तम भ्लोन, राम प्रसाद आचार्य, आशिष गर्ग र आनन्द चौधरी रहेका छन् । त्यस्तै महासचिवमा बलराम खतिवडाको नाम सार्वजनिक भएको छ । यस्तै सचिव, कोषाध्यक्ष पनि निर्विरोध निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास
-
कलाकार वत्सगोपाल, जो तन्त्रका विम्बसँग खेलिबस्छन्
-
मकालुमा लेक लागेर चिकित्सकको मृत्यु
-
रचनात्मक पत्रकारिता काउन्सिलको प्राथमिकतामा : अध्यक्ष बस्नेत
-
यस्तो देखियो ‘नरसिंहाः अवतार’ मा नीति शाहको लुक्स
-
कर्फ्युअघि पर्सामा ७० राउण्ड अश्रुग्यास प्रहार, २ राउण्ड हवाइ फायर