‘मायावी’मा दीपिका र आशिर्वादको जोडी
बुधबार, ३१ जेठ २०८०, १८ : ०२

काठमाडौँ । ‘ऐश्वर्य’ फेम्ड निर्देशक दीवाकर भट्टराई नयाँ फिल्म ‘मायावी’ को तयारीमा जुटेका छन् । लभस्टोरी कथामा बन्न लागेको फिल्ममा दीपिका प्रसाईं (भट्टराई) र आशिर्वाद क्षेत्रीको जोडी रहने छ । आशिर्वादले फिल्म ‘नाईं नभन्नू ल ६’ बाट डेब्यू गरेका हुन् । आगामी असारबाट छायांकनमा जाने फिल्मको पटकथा निर्देशक भट्टराई स्वयंको हो । सम्पूर्ण छायांकन पोखरामा हुने फिल्मका लागि दीपिका र आशिवार्दबाहेक अरु कलाकार छनोट क्रममा छन् ।
फिल्मको बजेट २ करोड अनुमान गरिएको छ । फिल्ममा दीपिका र आशिर्वाद दुवै रोमान्टिक भूमिकामा प्रस्तुत हुने निर्देशक दीवाकरले बताए । उनले भने, ‘नाईं नभन्नू ल ६’ मा काम हेरेपछि आशिर्वादलाई फिल्ममा अनुवन्ध गरेको हो ।’ यस अगाडि भट्टराइले ‘तिमीसँगै हुने मन छ’ निर्माण घोषणा गरेका थिए । अहिले उक्त फिल्मपछि सार्दै यो अगाडि बढाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनेरास्ववियुको ३५२ र नेविसंघको ३१० क्याम्पसमा संगठन दर्ता
-
एमाले मोरङको १० औँ अधिवेशन : आज मतदान
-
दुर्गेशको आक्रोश : बधाई, मेरो कार्यक्रम रोक्न सफल हुनु भयो !
-
अहिलेको सरकार जति टिक्छ, उति माओवादीलाई फाइदा हुन्छः प्रचण्ड
-
स्ववियु निर्वाचनः फागुन २७ गते मनोनयन दर्ता
-
टिकाथलीमा बोरिङ गर्दा प्रज्वलनशील ग्यास निस्कियो