फोटोफिचर
संसद् भवन अगाडि नेविसंघको विरोध प्रदर्शन, तस्बिरमा हेर्नुहोस्
बुधबार, ३१ जेठ २०८०, १७ : ४८
_djM5oISxCS.jpg)
काठमाडौँ । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी सङ्घले संसद् भवन अगाडि विरोध प्रदर्शन गरेको छ । बुधवार त्रिचन्द्र क्याम्पस लगायत उपत्यकाका विभिन्न क्याम्पसका नेविसंघसँग आबद्ध विद्यार्थीहरूले उच्च शिक्षा ऐन २०७६, सङ्घीय शिक्षा ऐन लगायतका ऐनहरू कार्यान्वयन गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।
उनीहरूले लामो समयदेखि मस्यौदामा सीमित भएका ‘उच्च शिक्षा ऐन’ ‘सङ्घीय शिक्षा ऐन’ लगायतका ऐनलाई संसद्मा प्रस्तुत गर्न र संसद्को शिक्षा समितिमा आवश्यक छलफल गरी ऐन पारित गर्ने बाटो प्रशस्त गर्न सरकार र शिक्षामन्त्रीसमक्ष माग गरेका छन् । उनीहरुले उल्लेखित विषयमा सरकार मौन बसे विद्यार्थी आन्दोलन नरोकिने चेतावनी समेत दिएका छन् । कार्यक्रमस्थलबाट प्रहरीले केही विद्यार्थी नेता कार्यकर्ताहरूलाई पक्राउ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा