सन्दीप र दीपेन्द्रले क्यानडामा ग्लोबल टीट्वान्टी खेल्ने

काठमाडौं । नेपालका दुई चर्चित क्रिकेटर सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले क्यानडामा ग्लोबल टीट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । सन्दीप प्रभावशाली स्पिनर हुन् भने दीपेन्द्र अलराउन्डर खेलाडी हुन् । यी दुई नेपाली खेलाडीलाई मंगलबार राति दुई फरक क्लबले आबद्ध गरेका हुन् । खेलाडी ड्राफ्टमा सन्दीपलाई सुरे जागवार्सले आफ्नो टोलीमा अनुबन्ध गराएको हो । दीपेन्द्रलाई भने मोन्ट्रियल टाइगर्सले अनुबन्ध गरेको हो ।
सन्दीपले यसअघिका दुवै सिजनमा पनि ग्लोबल टीट्वान्टी लिग खेलेका थिए । पहिलो सिजन मोन्ट्रियल टाइगर्समा आबद्ध भएका सन्दीपले दोस्रो सिजन टोरन्टोबाट खेलेका थिए । दीपेन्द्रले भने पहिलो पटक विदेशी लिग खेल्न लागेका हुन् । ग्लोबल टीट्वान्टी लिग खेल्ने दीपेन्द्र तेस्रो नेपाली खेलाडी हुन् । यसअघि सन्दीप लामिछाने र सोमपाल कामीले यो लिग खेलिसकेका छन् । ग्लोबल टीट्वान्टी लिग आगामी जुलाई २० देखी अगस्त ६ तारिखसम्म चल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो देखियो शिवरात्रिको पूर्वसन्ध्यामा पशुपति
-
धमाधम बिरामी हुन थाले बालबालिका : विद्यालयमा टेन्सन, अस्पतालमा प्रेसर
-
इमाडोलको आगलागी नियन्त्रणमा
-
ललितपुरको इमाडोलस्थित एक पसलमा आगलागी
-
नेपाललाई सुशासन, विकास र समृद्धिको बाटोमा डोर्याउन अग्रसर हुनुपर्छ : राष्ट्रपति पौडेल
-
०८२ सालमै पार्टीको अधिवेशन हुनुपर्छ : नेता कोइराला