सुनुवाइ समितिको बैठकमा तनाव, नियमावलीमाथि प्रश्न उठाएर बाहिरिए उजुरीकर्ता

काठमाडौँ । सर्वोच्च अदालतका लागि प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीमाथिका उजुरीकर्ताहरूले संसदीय सुनुवाइ समितिको बैठक जालसाजी रूपमा चलाएको भन्दै आक्रोश पोखेका छन् । बुधबार संसदीय समितिको बैठकमा छलफलका लागि आमन्त्रित २९ जना उजुरीकर्ताले सुनुवाईको मोडालिटी बनाएर छलफल गरौ भन्दा जालसाजी तरिकाले प्रश्नोत्तर शैलीमा टुङ्ग्याउने काम गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
उजुरीकर्ताले हरिकृष्ण कार्कीलाई पनि संगै छलफलमा राख्न माग गरेको उजुरीकर्ता डिल्लीराज खड्गीले जानकारी दिए । समितिको बैठकमा उजुरीकर्ताले संयुुक्त समितिको नियमावली राजपत्रमा प्रकाशित नगरी बैठक सञ्चालन गरेको भन्दै समितिको बैधतामाथि नै प्रश्न उठेको अधिवक्ता अमृत खरेलले रातोपाटीलाई बताए । बैठकमा उजुरीमाथिको विषय छलफलका लागि प्रवेश नै नपाएको बताउँदै खरेलले समितिको नियमावलीको बैधताको प्रश्नमै केन्द्रीत भएको बताए ।
समितिमा ३ जनालाई उजुरी प्रस्तुत गर्न समितिले समय दिएपनि उनीहरूले उजुरी प्रस्तुत नगरी समितिको वैधतामा पटक पटक प्रश्न उठाएका थिए । संघीय संसदको संयुक्त बैठक र संयुुक्त समिति कार्यसंचालन नियमावली २०८० राजपत्रमा प्रकाशित नगरी सोही नियमावलीका आधारमा बैठक संचालन गरेकोले बैठक अबैध रहेको दावी गरेका थिए । जुन नियमावलीमा गत जेठ १४ गते सभामुख देवराज घिमिरेले हस्ताक्षर गरेपनि राजपत्रमा नछापिएकोले बैठक को बैधतामाथि उजुरीकर्ताले प्रश्न उठाएका थिए ।
उजुरी कर्तालाई बोल्न प्रर्याप्त समय नदिएको, सो नियमावलीलाई बैध बनाएर छलफल अघि बढाउन माग गर्दा समितिले नमानेको भन्दै उजुरीकर्ता आक्रोशित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्ने बाटो खुल्यो
-
नेपाली सेनाको महासेनानी पदमा एक जना र सहायक रथी पदमा एक बढुवा
-
प्रहरीले एकै महिनामा ५२ करोड भन्दा बढी राजस्व उठायो
-
केपी ओली कप फुटबल : रोमाञ्चक खेलमा एपीएफलाई हराउँदै संकटा क्लब सेमिफाइनलमा
-
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
-
महाशिवरात्रिका दिन बिहान २ बजे नै पशुपतिनाथ मन्दिरको ढोका खोल्ने निर्णय