शिक्षक सेवा आयोगद्वारा २ जना परीक्षार्थीको परीक्षा रद्द
![शिक्षक सेवा आयोगद्वारा २ जना परीक्षार्थीको परीक्षा रद्द](https://npcdn.ratopati.com/media/news/teacher-ayog_MOz596ARLT.jpg)
काठमाडौँ । शिक्षक सेवा आयोगले २ जना परीक्षार्थीको परीक्षा रद्द गरेको छ । २६ चैत २०७९ मा प्रकाशित माध्यमिक तह शिक्षक पदको लिखित परीक्षा (सामान्य) को नतिजामा उत्तीर्ण भएका २ जना उम्मेदवारहरूले नतिजा रद्द गरेको हो । त्यसरी नतिजा रद्द गरिएकोहरू मध्ये एक परीक्षार्थीले अनुपस्थित उम्मेदवारको रोल नम्बरमा अर्को उम्मेदवारको संकेत गरेको पाइएको आयोगले जनाएको छ ।
त्यस्तै अर्का उम्मेदवारको हकमा १९ भदौं २०७९ गतेको निर्णय अनुसार शिक्षक सेवा आयोगको नियमावली, २०५७ को नियम ४३ बमोजिम कारबाही गरिएकोले परीक्षा रद्द गरिएको आयोगले जनाएको छ । नियम ४३ मा आयोगले परीक्षामा कुनै उम्मेदवारले अमर्यादित कार्य गरेमा वा त्यस्तो कार्य गर्ने उद्योग गरेमा निजलाई सो परीक्षाबाट निष्कासन गर्न सक्नेछ र त्यस्तो उम्मेदवारलाई बढीमा दुई वर्षसम्म आयोगबाट सञ्चालन हुने परीक्षामा सहभागी हुन नपाउने गरी रोक लगाउन सक्नेछ ।