सन्राइज बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
बुधबार, ३१ जेठ २०८०, १३ : ४५
काठमाडौँ । सन्राइज बैंकको योगिकुटी शाखाले बुटवलस्थित तिलोत्तमा आँखा अस्पतालसँगको समन्वयमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । रुपन्देहीको शुद्धोदन गाउँपालिकास्थित जनता माविमा सञ्चालन गरिएको शिविरबाट विद्यार्थी, शिक्षक तथा अभिभावक गरी २ सय ५० जनाले ओपीडी सेवा, आँखाको शल्यक्रियाका लागि परामर्श र अन्य जाँचसम्बन्धी सेवाहरु लिएका थिए ।
त्यसैगरी बैंकको दुहबी शाखाले विराटनगरको विराट मेडिकल कलेज शिक्षण अस्पतालसँगको सहकार्यमा छिटाहा माविस्थित छिटाहा बजारमा स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ ।
उक्त कार्यक्रममा निःशुल्क आँखा जाँच, दाँत जाँच, सामान्य स्वास्थ्य जाँच, क्यान्सर सचेतना कार्यक्रम तथा रक्तदान जस्ता स्वास्थ्य सुविधाहरु प्रदान गरिएको थियो । कार्यक्रममा १ सय ५१ जना सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने
-
प्रभु साहको प्रश्न : प्रधानमन्त्रीको चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?
-
धितोपत्रको अध्यक्षमा व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको ‘इन्ट्री’