नेपाल मेडिकल कलेज तोडफोड गर्नेलाई कारबाही गर्न माग

काठमाडौँ । जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा तोडफोड गर्नुका साथै चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई अभद्र व्यवहार गर्नेहरूलाई कारबाही गर्न नेपाल चिकित्सक संघले माग गरेको छ । गत जेठ २७ गते कलेजमा उपचाररत बिरामीको सर्जरी गरी उपचार हुँदै गर्दा अकस्मात् हाइपोसिक इस्केमिक इन्सोफालोपाथी भई आईसीयूमा उपचार भइरहेको छ । यो घटनालाई लिएर जेठ ३० गते बिरामीका आफन्तहरूले अस्पतालमा तोडफोड गर्ने, चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई गालीगलौज गरी अभद्र व्यवहार गरिएको संघले जनाएको छ ।
संघका महासचिव डा.सञ्जीव तिवारीले वुधबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘उपचाररत बिरामीको गाम्भीर्यतालाई नबुझी अस्वाभाविक रूपमा उत्तेजनामा आई अस्पतालमा तोडफोड गर्ने, अस्पतालको शान्तिपूर्ण वातावरणलाई खलल पुर्याई बिरामीहरूको उपचारमा खटिने चिकित्सक, तथा स्वास्थ्यकर्मी लगायतलाई मानसिक तनाव सिर्जना गरिनु गैरमानवीय कार्य हो ।’ उपचार प्रक्रियामा चित्त नबुझेको अवस्थामा कानुनी बाटो अवलम्बन गर्ने प्रावधान हुँदा हुँदै पनि अस्पताल नै तोडफोड गर्ने जस्तो आपराधिक गतिविधिमा संलग्न हुनु अत्यन्तै दुःखद कार्य भएको उनको भनाई छ ।
संघले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा यस प्रकारको अमानवीय घटना घटाई समग्र स्वास्थ्यकर्मी तथा चिकित्सकहरूको मनोबललाई नै निरुत्साहित पार्ने कार्यमा संलग्न दोषीमाथि छानबिन गरी ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो) संशोधन ऐन २०७९’ बमोजिम कानुनी कारबाही गर्न नेपाल सरकार तथा स्थानीय सुरक्षा निकाय समक्ष माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न मन्त्री यादवको अपिल
-
संवैधानिक नियुक्ति बहसले १६ मुद्दा हेर्न भ्याइएन, आइतबार पनि तोकियो पूर्ण इजलास
-
आकाश भैरवको १२ वर्षे जात्रा धूमधामसँग मनाइँदै, तस्बिरहरू
-
प्राविधिक प्रहरी हवल्दारहरूको बढुवा तथा पदस्थापन (सूचीसहित)
-
सामाजिक अभियानमार्फत कर्णालीमा काम गर्ने नायक पल शाहको चाहना, मुख्यमन्त्रीसँग भेटे
-
प्रवासी नेपाली सेफहरू 'ग्लोबल स्टार अवार्ड'बाट सम्मानित