मर्यादापालकबाट पत्रकारमाथि दुर्व्यवहार भएकोमा महासंघको आपत्ति

काठमाडौँ । संघीय संसद्मा समाचार संकलनका क्रममा रातोपाटी डटकम अनलाइनमा कार्यरत पत्रकार शम्भु दंगाललाई मर्यादापालकबाट गरिएको दुर्व्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ ।
मंगलबार प्रतिनिधिसभा कानुन, न्याय तथा मानवअधिकार समितिले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकका लागि गठन गरेको उपसमितिको बैठकको निमन्त्रणा पाएका पत्रकार दंगाललाई मर्यादापालकबाट समाचार संकलनमा जुटिरहेको अवस्थामा माथिको आदेश भन्दै पाखुरामा समातेर बाहिर निकालेका थिए ।
महासचिव रोशन पुरीले स्वतन्त्रतापूर्वक सञ्चारकर्ममा जुटिरहेका पत्रकारमाथि संसद्को मर्यादापालकबाट भएको हर्कत अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रताविरुद्ध रहेको बताएका छन् । ‘संविधानले सुनिश्चित गरेको पत्रकारको अधिकारको सम्मान र ख्याल गरी यस्ता घटना दोहोरिन नदिई प्रेसमैत्री वातावरण तयार पार्न महासंघ सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ,’ पुरीले विज्ञप्तिमा भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
श्रमिकका अधिकार सुनिश्चित गर्ने मन्त्री भण्डारीको प्रतिबद्धता
-
धनगढीको डिपो गोदावरीमा सार्ने विषय रद्द, अन्त सार्ने कुरा कता हरायो ?
-
मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्नुपर्छ : राष्ट्रपति
-
कांग्रेसले नै पहिलोपल्ट सामाजिक न्यायसहित उदार अर्थव्यवस्थाको नीति लिएको थियो : सभापति देउवा
-
मुलुकको विकास र समृद्धिमा श्रमिकहरूको योगदान अतुलनीय छ : उपराष्ट्रपति यादव