४ जना बालकको भारतबाट उद्धार

रौतहट । बाल श्रमिकका रूपमा भारत कार्यरत तीन जनालाई रौतहटको एक गैरसरकारी संस्थाले उद्धार गरी आफन्तलाई जिम्मा लगाएको छ । यस्तै ताप्लेजुङका अर्का एक बालकको पनि उद्धार भएको छ ।
सामुदायिक विकास तथा सचेतना नेपालको पहलमा मुम्बईको एक ब्याग उद्योगमा कार्यरत ३ जना बाल श्रमिकको उद्धार गरिएको हो ।
उद्धार गरिएका नाबालकहरूलाई मङ्गलवार परिवारलाई जिम्मा लगाइएको सामुदायिक विकास तथा सचेतना नेपालका कार्यकारी निर्देशक दिलीप कोइरालाले बताए ।
उद्धार भएका बालकहरूमा राजपुर नगरपालिकाका एक जना, वृन्दावन नगरपालिकाका १ जना र यमुनामाई गाउँपालिकाका १ जना रहेका छन् ।
उक्त संस्थाको पहलमा गत साउन यता २३ जना बालश्रमिकहरुको भारतबाट उद्धार गरिएको कोइरालाले जानकारी दिएका छन् ।
यसैबीच ताप्लेजुङ गौरादह नगरपालिका ५ का बुद्धिमान तामाङलाई पनि भारतबाट उद्धार गरी परिवारको जिम्मा लगाइएको छ।
कामको सिलसिलामा भारत गई हराइरहेकोमा बिहारबाट उद्धार गरेर आफन्तको जिम्मा लगाइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुटिनले गरे अस्थायी युद्धविरामको घोषणा
-
जसपा नेपालले पहिचानको आन्दोलनलाई देशव्यापी विस्तार गर्ने
-
रातो मच्छिन्द्रनाथको रथारोहण, तस्बिरहरू
-
क्यानडामा मतदान सुरु, को को छन् दौडमा ?
-
९ सरकारी निकायको ५ अर्ब ९ करोड बराबरको बजेट ‘सरेन्डर’
-
राजेन्द्र लिङ्देनले भनेको प्रमाण के हो ? ‘नेताका छोरा’ खोज्दा भेटिए चुरोट चोरेर भाग्ने