दोस्रो दिन पनि बालकृष्ण खाणको तर्फबाट बहस सुरु

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणको तर्फबाट बहस जारी रहेको छ । खाणको पक्षका वकिलले मंगलबारदेखि बहस सुरु गरेकामा आज दोस्रो दिन पनि जारी रहेको हो । पहिलो दिन खाणको तर्फबाट १० जना वकिलले बहस गरेकामा आज दोस्रो दिन वरिष्ठ अधिवक्त रमण श्रेष्ठसहित खम्म खाती, गोपीकृष्ण घिमिरे र सुरेन्द्र महतोले बहस गर्दैछन् ।
खाणको तर्फबाट बहस गर्ने वकिलहरु धेरै भएकाले दुई दिन लागेको हो । मंगलबार पूर्वगृहमन्त्री खाणका तर्फबाट कानुन व्यवसायीहरू शेरबहादुर केसी, हरिहर दाहाल, महादेव यादव, प्रेमबहादुर खड्का, पंकज कर्ण, लक्ष्मी थापा खड्का, यज्ञराज पोखरेल, अजय झा, नृसिंहकुमार खत्री र मणिराम उपाध्यायले बहस गरेका थिए । बुधबार सुरुमा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस थालेका छन् ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा सरकारी वकिलको बहसपछि प्रतिवादीको तर्फबाट वकिलहरुले निरन्तर बहस गर्दै आएका छन् । यो प्रकरणमा १८ जना पक्राउ परेका छन् भने बाँकी १२ जना फरार छन् । न्यायाधीश न्यौपानेले आज बहस सकेर आदेश दिनेगरी योजना बनाएको भएपनि अझै बहस नसकिएकाले थुनछेकको आदेश आउन ढिलाइ हुने निश्चित भएको छ ।
सबै प्रतिवादीको तर्फबाट बहस सकिएपछि सरकारी वकिलहरूले जवाफी बहस थाल्ने छन् । जवाफी बहस सकेपछि धरौटीमा छाड्ने अथवा थुनामै राखेर मुद्दा अगाडि बढाउने भन्ने आदेश आउने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरगढीमा सवारी दुर्घटनाः दुई जनाको मृत्यु, १४ घाइते
-
वीरगञ्ज महानगरमा लगाइएको निषेधाज्ञा हट्यो
-
बंगलादेशले आलु र धागो निर्यातमा रोक लगाउँदा नेपाललाई पर्दैन असर
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
मुग्लिन–पोखरा सडक : दमौली बजारमा धमाधम कालोपत्र हुँदै
-
कालीगण्डकी डाइभर्सनविरुद्ध तल्लो तटीय क्षेत्र, १० पालिकाको विरोध