सनराइज बैंकका ग्राहकलाई केएफसी, पिज्जा हट क्रिम बेलमा छुट
मङ्गलबार, ३० जेठ २०८०, २१ : ५०
काठमाडौँ । सनराइज बैंक र देव्यानी इन्टरनेश्नल नेपालबीच डिजिटल कारोबारलाई प्रवर्द्धन गर्न बैंकका ग्राहकहरूलाई विशेष छुट दिने सम्झौता भएको छ ।
डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्य साथ बैंकले ग्राहकहरूलाई विभिन्न क्षेत्रमा छुट प्रदान गर्दै आएको छ । सोही क्रममा बैंकले केएफसी, पिज्जा हट–क्रिम बेलसँग सहकार्य गरी आफ्ना ग्राहकहरूलाई विशेष छुट दिने व्यवस्था गरेको हो ।
यस सम्झौता अन्तर्गत सन्राइज बैंकका ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ्ग एपबाट नेपालपे क्यूआर स्क्यान गरी देव्यानी इन्टरनेश्नल नेपालद्वारा सञ्चालित केएफसी, पिजा हट र क्रिम बेलका देशैभरी रहेको आउटलेटमा भुक्तानी गर्दा १०% (अधिकतम २०० प्रति कारोबार) क्यासब्याक पाउने छन् । यो योजना २१ असार २०८० सम्मका लागि लागु गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने
-
प्रभु साहको प्रश्न : प्रधानमन्त्रीको चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?
-
धितोपत्रको अध्यक्षमा व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको ‘इन्ट्री’