बालकृष्णतर्फको बहस नसकिएपछि न्यायाधीशले भने– मैले हात उठाउन बाँकी छ

काठमाडौँ । शरणार्थी प्रकरणमा जेठ २१ मा सुरु भएको थुनछेक बहस अझै पूरा भएको छैन । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले मंगलबारसम्ममा अभियुक्तका तर्फबाट बहस पूरा गर्न समय दिएका थिए ।
तर, दिनभर बहस गर्दा पनि पूर्व गृहमन्त्री बालकृष्ण खाणतर्फका कानुन व्यवसायीको बहस पूरा भएन । साँझ ६ बज्दासम्म बहस नसकिएपछि लयर्स पोडियममा उभिएर नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्यायाधीशलाई भने, ‘श्रीमान् हाम्रो सकिएको छैन ।’
न्यायाधीश न्यौपानेले आश्चर्य मान्दै सोधे, ‘तपाईहरुको सकिएन र ? कोही बाँकी हुनुहुन्छ भने नाम टिपाउनुस् ।’
बारका अध्यक्षलाई साथ दिन पूर्व महान्यायाधिवक्ता खम्म बहादुर खातीसहित कांग्रेस निकट वकिलहरु लयर्स पोडियम अघिल्तिर उभिएर थप समय दिनुपर्ने अडान राखेका छन् ।
पूर्व महान्यायाधिवक्ता खातीले भने, ‘विषयवस्तु दोहोरिएमा श्रीमानले रुलिङ गर्दा हुन्छ तर, समय अपुग भयो ।’
अनि, न्यायाधीशले भने, ‘मैले अब हात उठाउन बाँकी रह्यो, अदालत निरीह जस्तो भएको छ ।’
अध्यक्ष घिमिरे र पूर्व महान्यायाधिवक्ता खातीले खाणको तर्फबाट अहिलेसम्म आएका विषय नदोहो¥याई बहस गर्ने बचनबद्धता गरेपछि न्यायाधीशले भने, ‘मलाई थाहा छ, विषय तिनै हुन्, दोहोरिन्छ ।’
वरिष्ठ अधिवक्ता खातीले न्यायाधीशलाई कन्भिन्स गर्दै भने, ‘नयाँ विषय नआउँदा रुलिङ गर्नुस् श्रीमान्, बुधवार चिया समय अगाडि हामी सक्छौं ।’
न्यायाधीशले सुरुमा बुधबार १ घण्टामा सक्नेगरी समय दिँदै भने, ‘तपाईहरुको विज्ञता म भोलि हेर्छु ।’ तर, घिमिरे र खातीले नमानेपछि न्यायाधीशले भने, ‘मैले हारेँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६१ जना इन्स्पेक्टरको पदस्थापन र काज
-
‘लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो’
-
सीके राउतको सम्बन्धविच्छेद मुद्दा अदालतले मिलापत्रमा पठायो
-
माओवादीको तराई मधेस जागरण अभियान १७ गते महेन्द्रनगरमा समापन हुने
-
‘यूथ सेलिब्रेसन’का लागि भृकुटीमण्डपमा भेला हुन थाले युवा, तस्बिरहरू
-
बुढ्यौलीलाई रोकेर निरोगी रहन चाहनुहुन्छ ?