प्रदेश
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई सिङ्गो सदनले दियो विश्वासको मत
मङ्गलबार, ३० जेठ २०८०, १९ : ३९

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पुनः प्रदेश सभामा सबै दलबाट विश्वासको मत पाएका छन्। मंगलबार प्रदेश सभामा उपस्थित १०३ जना सांसद मध्ये विश्वासको मतको पक्षमा १०३ सांसदले नै मतदान गरेका हुन्। विपक्षमा शून्य मत परेको छ ।
नेकपा एमालेले गठबन्धन भत्किएसँगै जेठ १ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । समर्थन फिर्ता लिएको एमालेले आज ३० औँ दिनमा प्रतिपक्षमा बस्ने गरी मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएको छ । मुख्यमन्त्रीले आज आकस्मिक रूपमा प्रदेश सभाको बैठक बोलाएर विश्वासको मत लिँदा सिङ्गो सदनकै मत पाए । मुख्यमन्त्री यादवलाई प्रदेश सभामा प्रतिनिधित्व गर्ने १० वटै दल र स्वतन्त्र सांसदले समेत विश्वासको मत दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेन्सर पास भएसँगै ‘सक्किगोनि टीम’को ‘लाज शरणम्’ बुधबार नै रिलिज हुने
-
कास्कीमा भरुवा बन्दुकसहित एक जना पक्राउ
-
माधव नेपाल र आरती लामाबिच बैठकमा भएको के हो ?
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
अवैध सालको काठसहित दुई जना पक्राउ
-
दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, नेपालबाट २११ जना उडे