प्रदेश
मधेसका मुख्यमन्त्री यादवलाई एमालेले विश्वासको मत दिने
मङ्गलबार, ३० जेठ २०८०, १९ : १०

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई प्रमुख प्रतिपक्ष एमालेले विश्वासको मत दिने भएको छ । मधेस प्रदेश सरकारलाई दिएको समर्थन गत जेठ १ गते फिर्ता लिएपछि मुख्यमन्त्री यादव आज मंगलबार विश्वासको मत लिँदै छन् ।
विश्वासको मत लिन मधेस प्रदेश सभाको बैठक आज आकस्मिक बोलाइएको थियो । एमालेले पुनः मुख्यमन्त्रीलाई विश्वासको मत दिने एमाले संसदीय दलका उपनेता दीपेन्द्र ठाकुरले बताए ।
‘हामी विश्वासको मत दिन्छौ,’ एमाले संसदीय दलका उपनेता ठाकुरले संसदमा बोल्दै भने, ‘अव केहीबेरमा हुने मतदानमा हामी सरकारलाई समर्थन गर्छौ ।’ मधेस प्रदेशको १०७ सदस्यीय प्रदेश सभामा एमाले २३ सांसदसहित सबैभन्दा ठूलो दलका रुपमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रीको विरोध गर्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको ताकेता
-
सेन्सर पास भएसँगै ‘सक्किगोनि टीम’को ‘लाज शरणम्’ बुधबार नै रिलिज हुने
-
कास्कीमा भरुवा बन्दुकसहित एक जना पक्राउ
-
माधव नेपाल र आरती लामाबिच बैठकमा भएको के हो ?
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
अवैध सालको काठसहित दुई जना पक्राउ