नक्कली भुटानी शरणार्थी प्रकरण
बालकृष्णको तर्फबाट १० वकिलकाे बहस, अझै सकिएन थुनछेक
मङ्गलबार, ३० जेठ २०८०, १८ : ४०

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मंगलबार पूर्व गृहमन्त्री बालकृष्ण खाणको तर्फबाट १० जना वकिलले बहस गरेका छन् । मंगलबार १० वकिलले बहस गर्दा नसकिएकाले बुधबार पनि थुनछेक बहस जारी रहने छ ।
काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश प्रेमप्रसाद न्यौपानको इजलासमा १० वकिलले बहस गरेका हुन् ।
खाणको तर्फबाट पंकजकुमार कर्ण, शेरबहादुर केसी, प्रेमबहादुर खड्का, लक्ष्मी थापा खड्का, यकराज पोखरेल, हरिहर दाहाल, अजयशंकर झालगायतले बहस गरेका छन् ।
बहसका क्रममा उनीहरुले बयानका आधारमा खाणलाई ठगी, कीर्ते लगायतका पाँच मुद्दा चलाउन नमिल्ने जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म