दोहोरीगीत प्रतिष्ठानले ९ जना लोक स्रष्टालाई ‘सम्मानार्थ सदस्यता’ दिने
काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले ९ जना लोकस्रष्टालाई ‘सम्मानार्थ सदस्यता’ प्रदान गर्ने निर्णय गरेको छ । कास्कीको मादी गाउँपालिकास्थित पर्यटकीय गाउँ ताङतिङमा भएको प्रतिष्ठानको केन्द्रीय कार्यसमितिको घुम्ती बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले अग्रज लोकस्रष्टा बमबहादुर कार्की, नन्द कृष्ण जोशी, प्रेमदेव गिरी, हरिदेवी कोइराला, कुमार बस्नेत, शम्भु राई, प्रेमराजा महत, कृष्ण गन्धर्व र रामप्रसाद खनाललाई प्रतिष्ठानको ‘सम्मानार्थ सदस्यता’ प्रदान गर्ने निर्णय गरेको अध्यक्ष रीता थापा मगरले बताइन् ।
अग्रज संगीतकार नारायण रायमाझीको ‘सांगीतिक साँझ’ समेत आयोजना गर्ने प्रतिष्ठानको घुम्ती बैठकले निर्णय गरेको छ । प्रतिष्ठानका सल्लाहकार रहेका रायमाझीको सांगीतिक साँझ आगामी भदौ महिनामा हुनेछ । हरेक वर्ष एक जना लोक स्रष्टाको सांगीतिक साँझ आयोजना गर्ने प्रतिष्ठानको निर्णय अनुसार पहिले रायमाझीको ‘सांगीतिक साँझ’ हुन लागेको हो ।
प्रतिष्ठान केन्द्रीय कार्यसमितिका पदाधिकारी, संस्थागत एवं पूर्व अध्यक्ष तथा सल्लाहकार गरी १ सय हाराहारी कलाकार ताङतिङ पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा आउँदैछन् माल्दिभ्सका राष्ट्रपति
-
टी–२० महिला विश्वकपमा आज : चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तान आमने–सामने
-
‘ज्वाइँ साब’को फुटेज टिकटकमा लिक भएकोप्रति निती शाह–जे हुन्छ राम्रैको लागि हुन्छ
-
टाँडीका डीएसपी तानिए, रञ्जन अवालाई जिम्मेवारी
-
सेयर बजारमा नयाँ टीएमएस सञ्चालनमा, कारोबार प्रणालीमा नेप्सेको एकाधिकार हट्यो
-
१८ मध्ये १८ : पेनाल्टी पर्फेक्ट रोनाल्डो