तरकारीमा बढी नुन पर्यो ? अपनाउनुस् यी चार ट्रिक्स

मसलाको सही प्रयोग र मात्राले खानालाई स्वादिष्ट बनाउँछ । खानामा मसला वा नुन कम हुँदा फिका लाग्छ भने धेरै हुँदा खान नै सकिँदैन । विशेष गरी तरकारीमा यदि बढी नुन पर्यो भने यसले सबै खाना बरबाद नै गरिदिन्छ ।
त्यसैले केही गरी तरकारीमा बढी नुन पर्यो भने यसलाई कसरी खान लायक बनाउने भन्ने हुन्छ । विशेष गरी यदि घरमा पाहुना आएका छन् भने चिन्ता बढी हुन्छ । यहाँ हामी तपाईंलाई यस्ता केही टिप्सबारे जानकारी दिँदै छौँ, जसले तरकारीको चर्को नुनलाई सजिलै ठीक बनाइदिन्छ । आउनुहोस्, यसबारे जानकारी लिऔँ ।
उसिनेको आलु प्रयोग गर्नुहोस्
उसिनेको आलुको मद्दतले तरकारीमा नुनको असर कम गर्न सक्नुहुन्छ । नुन चर्को भएको तरकारीमा उसिनेको आलुलाई मुछेर हाल्नुहोस् । त्यसपछि तरकारीलाई एक मिनेटसम्म पकाउनुहोस् । यसो गर्दा नुनको असर कम हुनेछ र स्वाद पनि मिठो हुनेछ ।
दही प्रयोग गर्नुहोस्
तपाईंले दही प्रयोग गरेर पनि तरकारीमा भएको चर्को नुनको प्रभाव कम गर्न सकिन्छ । यसका लागि एउटा कचौरामा थोरै दही लिनुहोस् र पानी मिसाएर राम्रोसँग फिट्नुहोस् । अब यसलाई बिस्तारै बिस्तारै दाल वा तरकारीमा हाल्नुहोस् र छोपेर एक छिन पकाउनुहोस् । दहीसँग मिल्ने बित्तिकै तरकारीमा नुनको मात्रा ब्यालेन्स हुन्छ र स्वाद पनि बढ्नेछ ।
कागतीको रस
नुनको असर कम गर्नु छ भने तपाईं अमिलो खानेकुरा प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि तपाईंले कागती लिन सक्नुहुन्छ । कहिलेकाहीँ फ्रिजमा उसिनेको आलु, दही आदि हुँदैन । कागती भने खासै टुट्दैन । त्यसैले पनि यस्तो अवस्थामा कागतीले सहयोग गर्नेछ ।
भुटेको बेसन
भूलवश, तरकारीमा बढी नुन पर्यो भने तपाईं दुई चम्चा बेसन लिनुहोस् र यसलाई राम्रोसँग भुट्नुहोस् । जब बेसनको रङ गाढा हुन थाल्यो र बास्ना आउन थाल्यो भने यसलाई तरकारीमा हाल्नुहोस् र हल्का हातमा मिक्स गर्नुहोस् । यसरी नुनको असर कम हुनेछ । तरकारीको स्वाद पनि बढ्छ । तपाईं तरकारीदेखि भुटेका तरकारीमा पनि यो हाल्न सक्नुहुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृत खालि रहेका ठाउँमा एक हप्ताभित्रै पदपूर्ति गरिने
-
बान्तुका एकसाथ पाँच गीतका भिडियो सार्वजनिक
-
पानीजहाज बोर्ड बनाउन सांसदको माग
-
जेनेभामा परराष्ट्रमन्त्रीको सम्बोधनः नेपाल मानवअधिकारको रक्षा र प्रवर्द्धनमा सधैँ प्रतिबद्ध छ
-
‘खाद्यान्नमा परनिर्भरता घटाउन बाँदर र बँदेललाई नियन्त्रण गरिनुपर्छ’
-
महाशिलाको तरकारी पोखरामा, चार महिनामै ८५ लाखको कारोबार