सिँढीबाट लडेर २९ वर्षकी अभिनेत्रीको निधन, परिवारले अंगदान गर्ने

कोरियाली अभिनेत्री पार्क सू युनको सिँढीबाट लडेर निधन भएको छ । उनी २९ वर्षकी थिइन् । लडेपछि उनलाई तत्काल अस्पताल पुर्याइए पनि डाक्टरले उनलाई मृत घोषणा गरे ।
उनकी आमाले कोरियाली मिडियासँगको कुराकानीमा छोरीको मुटु धड्किरहेको भए पनि उनको दिमागले प्रतिक्रिया नदिइरहेको बताइन् । विभिन्न प्रयास विफल भएपछि अन्ततः उनलाई मृत घोषित गरिएको हो । उनको परिवारले अभिनेत्री छोरीको अंगदान गर्ने निर्णय गरेको छ ।
उनकी आमाले भनेकी छिन्, ‘उनको दिमागले मात्रै काम गर्न छोडेको छ । उनको मुटु अहिले पनि धड्किरहेको छ । विश्वमा यस्ता कोही मानिस होलान् जसलाई उनको अङ्गको आवश्यकता छ । उनको आमाबुवा भएको नाताले हामी यो सोचेर खुसी हुन्छौँ कि उनको मुटु अरू कसैसँग छ र धड्किरहेको छ ।’
को थिइन् पार्क सू यून ?
सन् २०१८ मा अभिनेत्री पार्क सू यूनले आईएल टिनोरबाट आफ्नो डेब्यु गरेकी थिइन् । त्यसपछि उनले फाइन्डिङ मिस्टर डेस्टनी, द डेज वी लभ्ड, सिद्धार्थसँग अन्य म्युजिकलमा देखियो । कोरियन शाे ‘स्नोड्रप’ मा उनले काम गरेकी थिइन् । यही शोले उनलाई पहिचान दिलायो । आफ्नो भूमिकाबारे कुरा गर्दै अभिनेत्रीले सोसल मिडियामा केही तस्बिर सेयर गरेकी थिइन् । उनले शोमा आफ्नो भूमिका छोटो भए पनि सेटमा उनको निकै ख्याल राखिएको बताएकी थिइन् ।
पार्क सू यूनको पार्थिव शरीरलाई जियोङ्गी प्रोभिन्सियल मेडिकल सेन्टरको सुवोन अस्पतालमा राखिएको छ । उनको अन्तिम संस्कार आज अर्थात् १३ जूनमा गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण कोरियाका राष्ट्रपति युनविरूद्धको महाभियोगको अन्तिम सुनुवाइ सुरु
-
सशस्त्र प्रहरी स्वास्थ्यकर्मी र एम्बुलेन्ससहित पशुपतिमा खटिने
-
नेप्सेमा आज पनि पुनर्बीमा कम्पनीकै दबदबा, कारोबार रकम घट्यो
-
अन्तरिक्षमा यसरी प्यान्ट लगाउँछन् अन्तरिक्षयात्री
-
पाथीभरा केवलकार विवादमा गृह मन्त्रालयद्वारा फेरि वार्ता आह्वान
-
सरकारले संसद्मा बलमिच्याइँ गर्न खोज्यो : सांसद शर्मा