एम्बाप्पेलाई बेच्न पीएसजी तयार

पेरिस । पेरिस सेन्ट जर्मेनले यो ट्रान्सफर विन्डोमा किलियान एम्बाप्पेलाई बेच्ने तयारी गरेको छ । फ्रेन्च फरवार्डले क्लबसँगको करार नवीकरण नगर्ने स्पष्ट पारेसँगै क्लबले उनलाई बिक्री गर्ने तयारी गरेको हो । अर्को वर्ष सित्तैमा जान दिनुभन्दा उनलाई राम्रो रकममा बिक्री गर्ने पीएसजीको रणनीति रहेको छ ।
एम्बाप्पेको करार अर्को वर्षको अन्त्यमा सकिँदैछ । उनीसँग थप एक वर्ष करार अवधि नवीकरण गर्ने विकल्प रहेको थियो । पीएसजीले २४ वर्षीय खेलाडीलाई जुलाई ३१ सम्म आफ्नो करार नवीकरण गर्ने–नगर्नेबारे जानकारी दिनुपर्ने ‘डेडलाइन’ दिइएको थियो ।
तर, लामो छलफलपछि उनले क्लबलाई आफ्नो करार थप नगर्ने पत्र पठाएका छन् । यसअनुसार पीएसजीका कीर्तिमानी गोलकर्ता अब अर्को सिजन सित्तैमा क्लब छाड्न पाउनेछन् । यता एम्बाप्पेको पत्र क्लबले प्राप्त गर्नुभन्दा पहिले नै मिडियामा लिक भएपछि पीएसजी क्रुद्ध बनेको छ । यसले पनि क्लब उनलाई चाँडोभन्दा चाँडो बेच्न चाहन्छ ।
स्पेनिस महारथि रियल मड्रिडले लामो समयदेखि एम्बाप्पेलाई क्लबलाई भित्र्याउने प्रयास गरिरहेको छ । तर गत सिजन उनले अन्तिममा रियललाई ‘धोका’ दिँदै पीएसजीमा नै बस्ने निधो गरेका थिए । यता करिब बेन्जेमाले क्लब छाडेपछि रियल पनि नयाँ स्ट्राइकरको खोजीमा रहेको छ । यसअघि रियलले बेन्जेमाको स्थानमा टोटनहमका ह्यारी केनलाई प्रमुख ‘टार्गेट’ बनाएको समाचारहरू प्रकाशित भएका थिए ।
एम्बाप्पे सन् २०१७ मा मोनाकोबाट ऋणमा पीएसजी पुगेका हुन् । पछि उनलाई १८ करोड युरोमा क्लबले खरिद गरेको थियो । त्यसयता उनले क्लबका लागि २६० खेलमा २१२ गोल गरेका छन् । त्यस्तै फ्रान्सका लागि उनले ६८ खेलमा ३८ गोल गरेका छन् । गत विश्वकपको फाइनलमा अर्जेन्टिनासँग पराजित हुँदा उनले ह्याट्रिकसमेत गरेका थिए । पछिल्ला पाँच सिजन उनी लिग वानको सर्वाधिक गोलकर्ता रहँदै आएका छन् । उनले पीएसजीमा ६ वर्ष रहँदा पाँचवटा लिग उपाधिसमेत हात पारेका छन् । युरोपियन प्रतियोगितामा भने उनले सफल हासिल गर्न सकेनन् ।
एम्बाप्पेले क्लब छाडे यो सिजन पीएजसीबाट बिदा हुने उनी दोस्रो हाइप्रोफाइनल खेलाडी बन्नेछन् । यसअघि लियोनेल मेस्सी फ्रेन्च क्लब छाडेर एमएलएस क्लब इन्टर मियामीसँग अनुबन्ध भइसकेका छन् । उता, अर्का सुपरस्टार नेयमारलाई पनि साउदी अरेबियाको क्लबले भित्र्याउने प्रयास गरिरहेको समाचारहरू प्रकाशित भएका छन् ।
बीबीसी स्पोर्ट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटो खन्ने क्रममा ढुङ्गा खसेर स्काभेटर चालकको मृत्यु
-
सुजाता नेतृत्वको कांग्रेस प्रतिनिधिमण्डलद्वारा चिनियाँ नेताहरूसँग छलफल
-
एनआरएनए उच्चस्तरीय समितिको बैठक आह्वान
-
अमेरिकामा ट्रम्पसँग कुन प्रश्नको स्पष्ट उत्तर चाहन्छन् जेलेन्स्की ?
-
गणतन्त्रविरुद्धको आन्दोलन सम्भव छैन : पूर्व उपराष्ट्रपति पुन
-
‘दुश्मन हेरेको हेरै...’ चलेपछि दुर्गेशलाई भ्याइनभ्याइ