बेथानचोक–३ अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा
![बेथानचोक–३ अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा](https://npcdn.ratopati.com/media/news/bethanchok_Ro3llc2h7F.jpg)
काभ्रे । बेथानचोक गाउँपालिका वडा नम्बर–३ अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गरिएको छ । सोमबार एक कार्यक्रम बीच सो वडालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गरिएको हो ।
बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीले सो वडालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गर्दै एक पत्र समेत जारी गरेका छन् ।
उनले सो वडाभित्र बसोवास गर्दै आएका ४ देखि १३ वर्षका सबै बालबालिकाहरु विद्यालय बाहिर नरहेको पाइएकाले वडालाई अनिवार्य तथा निः शुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गरिएको बताए । पालिकाले गत जेष्ठ १४ गते देखि १७ गते सम्म संकलन गरिएको विद्यालय बाहिर रहेका ४ देखि १३ वर्ष सम्मका बालबालिकाको वैयक्तिक विवरण कुनै पनि बालबालिकाहरु विद्यालय बाहिर नरहेको पाइएको उनको भनाई छ । पालिकाले उक्त वडाको ५ सय ५० घरधुरीमा बालबालिकाको वैयक्तिक विवरण संकलन गरेको उनले बताए ।
गाउँपालिकाले नयाँ शैक्षिक सत्र सुरू हुने समय तथा नयाँ भर्नाका लागि गरिने घरदैलो कार्यक्रममार्फत विभिन्न कारण विद्यालय नपुगेका बालबालिकाको सूक्ष्म रुपमा लगत सङ्कलन गरेको थियो । सोही अनुसार जेठ २६ गते शुक्रबार बसेको वडा समितिको निर्णय र वडा अध्यक्ष कुबेर ढकालको प्रस्तावमा वडालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष अधिकारीले कुनै पनि बालबालिका शिक्षाबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ सञ्चालित अनिवार्य तथा निःशुल्क शिक्षा गाउँपालिकामा लागू गरिएको बताए । उनले पालिका भित्रका सबै वडाहरुमा पनि अभियान संचालन गाउँपालिका नै अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन घोषणा गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र र नागरिकप्रति जिम्मेवार, जवाफदेही प्रहरी व्यवस्था आवश्यक : प्रहरी महानिरीक्षक कुँवर
-
जहाँ एकै ठाउँमा भेटिन्छ गाउँ र सहरको मौलिकपन
-
अध्यादेश लोकतन्त्रको भावना विपरीत : उपाध्यक्ष श्रेष्ठ
-
ट्रयाक खुलेको ३२ वर्षपछि कालोपत्र गरिँदै
-
यो सरकारलाई तीन वर्ष सहज ढंगले चल्न दिनुपर्छ : गगन थापा
-
भरुवा बन्दुकसँग खेल्दा दाइले चलाएको गोली लागेर भाइको मृत्यु