बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

लोडरको ठक्करबाट पैदल यात्रीको मृत्यु

मङ्गलबार, २९ फागुन २०७४, १९ : ४५
मङ्गलबार, २९ फागुन २०७४

बर्दिवास–महोत्तरीको बर्दिवास नगरपालिका– १ मा लोडर जेसिबिको ठक्करबाट अन्दाजी  ७० वर्षीय नामथर नखुलेका एक बृद्धको मृत्यु भएको छ ।  बर्दिवासबाट जनकपुरतर्फ जादै गरेको ना १ क ७१९० नम्वरको लोडरले बाटोमा  पैदल हिँडिरहेको यात्रीलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । 

घाइते उनलाई उपचारका लागी बर्दिवासमा रहेको बर्दिवास जनसेवा अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौ लादै गर्दा उनको बाटैमा मुत्यु भएको बर्दिवास प्रहरीले जनाएको छ । ठक्कर दिने लोडरका चालक दाङ्ग जुगिसरण गाउँपालिका २ घर भएका मिलन चौधरी र लोडरलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरीरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप