लोकेन्द्र बञ्जाराको गजल सङ्ग्रह ‘पलक’ सार्वजनिक

काठमाडौँ । लोकेन्द्र बञ्जाराको गजल सङ्ग्रह ‘पलक’ २०८० जेठ २७ गते शनिबार लोकार्पण भएको छ । सिटिम्याक्स हलमा भएको उक्त कार्यक्रममा प्रा.डा. कृष्णहरि बराल, गजलकार ललिजन रावल, गजलकारहरू क्रमशः बाबु त्रिपाठी, भरत पौडेल र लोकेन्द्र बञ्जाराले कृति लोकार्पण गरेका थिए ।
कार्यक्रमको सहजकर्ताका भूमिकामा रहेका गजलकार बाबु त्रिपाठीले वक्ताहरू क्रमशः प्रा.डा. कृष्णहरि बराल र गजलकार ललिजन रावललाई गजललेखनको विगतदेखि वर्तमानसम्मको अवस्था र पलकभित्रका गजलका शक्ति र सीमाका सम्बन्धमा प्रश्न गरेका थिए ।
प्रा.डा. कृष्णहरि बरालले गजलको सिद्धान्तका बारेमा धारणा राख्दै पलकभित्रका गजलहरू मार्मिक र ध्वन्यात्मक रहेको विचार प्रस्तुत गरे । नेपाली जनजीवनलाई नजिकबाट नियालेर लेखिएका बञ्जाराका गजलमा विषयको विविधता रहनु उनका गजलको शक्ति हो भन्ने विचार व्यक्त गरे । समालोचकका आँखाबाट हेर्दा पलकभित्रका गजलहरू स्तरीय रहेका र केही गजल लयगत रूपमा अझै मिलाउन सकिने धारणा बरालको रहेको थियो ।
अर्का वक्ता गजलकार ललिजन रावलले बहुलवादी समाजमा हरेक लेखकले आआफ्ना शैलीमा गजल प्रस्तुत गर्न सक्छन् भन्ने धारणा राखेका थिए ।
‘गजलमा बाढी आएको’ भन्ने उक्तिलाई सम्बोधन गर्दै रावलले भने, ‘बाढीले माछा र भ्यागुता दुवै ल्याउन सक्छ, हामी गजल लेख्नेले माछा चिन्न सक्नुपर्छ भन्ने विचार प्रस्तुत गरे । लयको व्यवस्थापन नै गजलको बहर हो भन्दै नेपाली गजल साहित्यमा आएको नयाँ गजल सङ्ग्र ‘पलक’ पठन योग्य कृति रहेको विचार व्यक्त गरे । लेखक लोकेन्द्र बञ्जाराले केही गजल वाचन गरी कार्यक्रमको समापन गरेका थिए । गजल सङ्ग्रह ‘पलक’ लाई पेज टर्नर प्रालिले बजारमा ल्याएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातोपाटी ब्रिफिङ : कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णितदेखि राजावादीले ‘हल्लाए गणतन्त्रको जग’सम्म
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त
-
कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णित, राजावादीको सक्रियताबारे छलफल
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज काफ्ले नियुक्त
-
अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु