कर्णालीले सिङ्गो देशलाई पाल्न सक्छ : मुख्यमन्त्री शर्मा

सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले ‘नागरिकको लगानी नागरिकमै र राज्यको लगानी पनि नागरिककै’ केन्द्रित हुनुपर्ने बताएका छन् । सोमवार वीरेन्द्रनगरमा नागरिक लगानी कोषको शाखा कार्यालयको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।
उनले कर्णालीका समग्र साधन स्रोतलाई सही तरिकाले प्रयोग गर्न सके सिङ्गो देश कर्णालीले पाल्न सक्ने दाबी गरे । मुख्यमन्त्री शर्माले सिङ्गो राष्ट्रलाई नाफामा लिन कर्णालीलाई समृद्धि बनाइनुपर्ने तर्क पनि राखे ।
सरकारी स्वामित्व रहेको उक्त लगानी कोषले कर्णालीको आर्थिक विकासमा टेवा पुर्याउने अपेक्षा गरिएको छ । आर्थिक विकासका लागि सर्वसाधारण जनतालाई बचन गर्न प्रोत्साहित गर्ने र लगानीका अवसरहरू बढाउनका लागि कार्यालयको स्थापना भएको हो । साथै कर्णालीको पुँजी बजारको विकासका समेत नागरिक लगानी कोषले टेवा पुर्याउने अपेक्षा गरिएको छ ।
नागरिक लगानी कोष स्थापना भइसकेपछि अब सुर्खेतबाट नै परिचय पत्र, परिचयपत्र नम्बर वितरण गर्नेदेखि फाँटवारी सङ्कलन तथा इन्ट्रि, हिसाब मिलान जस्ता सेवाहरू यहीँबाट प्रवाह हुने छन् । उक्त कार्यालय सुर्खेतमा स्थापना भए पनि कर्णालीका सबै नागरिकहरूमा सेवा प्रवाह गरिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनरत शिक्षकहरुलाई तीन दिन भित्र फर्कन सर्वोच्चको आदेश
-
लोकतन्त्र दिवस विशेष: गणतन्त्रले नेपालीलाई के दियो ?
-
चलचित्र ‘जार’ काे गीत ‘ए ठूली’ मा लाहुरेको प्रेमकथा
-
बढुवा भएका ७५ जना प्रहरी वरिष्ठ नायव निरीक्षकहरुको पदस्थापन
-
रुकुम पूर्व केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प
-
शिक्षा विधेयक कार्यान्वयनमा माओवादीको आशंका, बर्खे अधिवेशनमा कस्तो छ तयारी ?