नयाँ स्टक एक्सचेञ्जबारे छलफल गर्न अर्थ समितिले धितोपत्र बोर्डका अध्यक्षलाई बोलाउँदै

काठमाडौं । अर्थ समितिले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण गर्ने प्रक्रिया अघि बढाएको विषयमा धितोपत्र बोर्डसँग छलफल गर्ने भएको छ । आज सोमबार बसेको समितिको बैठकका सदस्यहरुले बोर्डलाई बोलाउन भनेपछि आगामी बैठकमा बोलाउने निर्णय गरेको हो ।
समितिमा अधिकांश सदस्यले यसअघि समितिले दिएको निर्देशनलाई अटेरी गर्दै बोर्डले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण प्रक्रिया अघि बढाएको असन्तुष्टि जनाएका थिए । सांसद पदम गिरीले यसअघि समितिले दिएको निर्देशनलाई बोर्डले अटेरी गरेकोप्रति असुन्तुष्टि पोखे ।
‘समितिले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया रोक्न भनेपनि अघि बढेको छ,’ गिरीले भने, ‘यसबारे बुझ्न आगामी बैठकमा बोर्डलाई बोलाउनुपर्छ ।’ यस्तै, सांसद नारायणी शर्माले समेत आगामी बैठकमा बोर्डलाई नै बोलाएर छलफल गर्नुपर्ने माग राखेकी थिइन् ।
यससँगै, समितिका जेष्ठ सदस्य सन्तोष चालिसेले समितिको आगामी बैठकमा बोर्डलाइ नै बोलाउने र गहन छलफल गर्ने निर्णय गरेका हुन् । उनले भने, ‘बजारमा नयाँ स्टक एक्सचेञ्जबारे धेरै विषय उठेको छ । यसबारे छलफल गर्न बोर्डका अध्यक्षलाई बैठकमा बोलाउन पर्ने विषय आएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा