प्रधानन्यायाधीशमा कार्की नियुक्तिको निर्णय जेठ ३२ मा हुने

काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्ने नगर्ने भन्ने निर्णय जेठ ३२ गते हुने भएको छ । सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा पेस भएको कार्य योजनामा कार्कीविरुद्ध परेका उजुरीको अध्ययन र छलफलपछि जेठ ३२ गते निर्णय गर्ने तयारी गरेको हो ।
यसअघि समितिका सचिव पद्मप्रसाद पाण्डेयले असार १ गतेभित्र सुनुवाइ प्रक्रिया टुङ्ग्याउने प्रस्ताव पेस गरेका थिए । तर सांसदहरुले उजुरीहरुको प्रकृति गम्भीर नरहेका कारण जेठ महिनाभित्र नै सुनुवाइ प्रक्रिया टुङ्ग्याउने निर्णय गरेका थिए ।
आजको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध परेका २९ वटा उजुरीमाथि अध्ययन गर्न सोमबार समितिका सदस्यहरूलाई फोटोकपी वितरण गरिएको छ । कार्की गत वैशाख २५ गते संवैधानिक परिषदबाट प्रधानन्यायाधीश लागि सिफारिस भएका थिए । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश कार्की आगामी साउन २० देखि अनिवार्य अवकाशमा जाने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीसँग पत्रकार रजकका परिवारको भेट
-
बागमती प्रदेशमा २०८२ मा सार्वजनिक विदा ४ दिन थप
-
मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु चुनाव : ६५.३४ प्रतिशत मात्रै खस्यो
-
राजावादी हर्कतविरुद्ध एमालेको मोटरसाइकल र्याली (तस्बिरहरू)
-
‘नरसिंहा अवतार’ को फस्टलुकसँगै प्रदर्शन मिति घोषणा
-
एनआरएनएहरू मिलेर अघि बढ्नुपर्छ : राजदूत तुम्बाहाङ्फे