संसदीय सुनुवाइ समितिमा उठ्यो उजुरीकर्तालाई नियन्त्रण गर्ने कुरा

काठमाडौँ । संसदीय सुनुवाइ समितिको बैठकमा एमालेका सांसदले पब्लिसिटी स्टण्टका लागि एउटै व्यक्ति उजुरीकर्ता हुने गरेको बताएका छन् । यस्ता उजुरीकर्तालाई नियन्त्रण गरिनुपर्ने उनको भनाइ छ ।
सोमबार सिंहदरबारमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको सभापतित्वमा भएको संसदीय सुनुवाइ समितिको बैठकमा एमाले सांसद महेश बर्तौलाले एउटै मानिस राजदूत, न्यायाधीश र प्रधानन्यायाधीश नियुक्तिसम्ममा उजुरी लिएर आउने भन्दै यो प्रवृत्तिलाई नियन्त्रण गरिनुपर्ने बताए ।
उजुरीकर्ताहरूले आफूले दिएको उजुरी ठिक छ भन्नका लागि म्योसज क्याम्पेनिङ गर्ने र सदस्यहरूलाई भेट्ने लगायतका कामलाई निरुत्साहित गरिनुपर्ने पनि उनले बताए । ‘एउटै मानिस राजदूत नियुक्तिमा, न्यायाधीश र प्रधानन्यायाधीश नियुक्तिमा पनि र संवैधानिक नियुक्तिमा पनि उजुरी लिएर आउँछन् । त्यो केवल पब्लिसिटी स्टण्टका लागि मात्रै हो’, उनले भने, ‘त्यसलाई पनि नियन्त्रण गर्नु पर्छ । उजुरीकर्तासँग १ दिन मात्रै छलफल गरौँ ।’
समितिको बैठकमा प्रधानन्यायाधीशमा सिफारिस भएका हरिकृष्ण कार्कीविरुद्धको उजुरी खोलिएको छ । उजुरीको फोटोकपी सांसदहरूलाई वितरण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते