संसदीय सुनुवाई समितिको बैठक
प्रस्तावित प्रधानन्यायाधीशमाथिको उजुरी खोलियो, सांसदलाई फोटोकपी वितरण
सोमबार, २९ जेठ २०८०, ११ : ४३

काठमाडौँ । संसदीय सुनुवाई समितिले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्धको उजुरी खोलेको छ । असार १ भित्र उजुरीमाथि छलफल गरेर निर्णय गर्ने तयारी छ । सोमबार बिहान सिंहदरवारमा बसेको समितिको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध परेमा उजुरीको पोको खोलिएको हो ।
प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपति शमशेर जबराको सभापतित्वमा बसेको बैठकले कार्कीमाथि सुनुवाईका लागि उजुरी खोलिएको हो । समितिमा कार्कीविरुद्ध २९ वटा उजुरी परेका छन् । सोमबारको बैठकमा खोलिएका उजुरी समितिका सदस्यहरुलाई अध्ययनका लागि उजुरीको फोटाकपी वितरण गरिएको छ । समितिले जेठ ३० र ३१ गते छलफल गरेर प्रधानन्यायाधीश नियुक्तिबारे निर्णय गर्ने कार्ययोजना बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेनी–दरवाङ सडक : आठ वर्षमा १७ किलोमिटर कालोपत्रे
-
फ्राईडे रिलिज : ‘खेल’ भर्सेज ‘भूठान’
-
सर्वोच्चको आदेश शिक्षक नेताहरूको हठका विरुद्धमा हो : महासचिव पोखरेल
-
सुष्मा र विशालको ‘मकैबारी दर्याम दर्याम’ युट्युबको ट्रेन्डिङमा
-
अजिनोमोटो धेरै खाँदा स्वास्थ्यमा देखिन सक्छन् यस्ता असर
-
लुम्बिनी कप महिला फुटबल : उपाधिका लागि विभागीय टोली भिड्दै