प्रेमिकाले धोका दिएपछि बदला लिन चिठ्ठीमा राख्न मिल्ने बम बनाए : २० वर्षपछि समातिए, अहिले जेलमा मृत भेटिए
युएनए बम्बरको नामले चिनिने टेड केजिन्स्की जेलमा मृत भेटिएका छन् । सङ्घीय अधिकारीले बीबीसीसँग उनको मृत्युको पुष्टि गरेका छन् ।
सन् १९७८ देखि १९९५ को बीच केजिन्स्कीले चिठ्ठीमा बम पठाएर तीन जनाको ज्यान लिएका थिए र २३ जनालाई घाइते बनाएका थिए । पछि अदालतमा उनले अपराध स्वीकारेका थिए ।
२० वर्षसम्म गिरफ्तारीबाट जोगिएपछि सन् १९९६ मा उनलाई बिना प्यारोल आजीवन कारावासको सजाय सुनाइएको थियो ।
हार्वर्डमा पढेका र प्रशिक्षित यी गणितिज्ञ पछि मोन्टानाबाट समातिएका थिए । ।
अमेरिकाका जनता दशकौँसम्म उनीबाट प्रभावित भए र उनको जीवनमा धेरै टिभी वृत्तचित्रहरू पनि बनाइए ।
पछिल्ला तीन दशकदेखि उनी अमेरिकाका विभिन्न जेलमा थुनिए । हालै उनी नर्थ क्यारोलाइना फेडरल मेडिकल सेन्टर जेलमा थिए ।
शनिवार बिहान १२ः२५ बजे कारागार सुरक्षाकर्मीले उनको शव फेला पारेका थिए ।
उनको मृत्युको कारण भने अझै खुल्न सकेको छैन ।
कारागारका प्रवक्ताले बीबीसीलाई भने, ‘कर्मचारीले उनको ज्यान बचाउने प्रयास गरे । पछि उनलाई स्थानीय अस्पताल पुर्याइयो जहाँ उनलाई मृत घोषित गरिएको थियो ।’
अमेरिकाको सबैभन्दा ठुलो खोजी अभियानमध्ये एक
डिसेम्बर २०२१ मा उनको स्वास्थ्य बिग्रिएपछि उनलाई मेडिकल सेन्टरमा ल्याइएको थियो । यसअघि उनी लामो समय कोलोराडोको सुपरम्याक्स जेलमा थुनिएका थिए ।
केजिन्स्कीको हिंस्रक अभियानका कारण अमेरिकामा थुप्रै मानिस घाइते भएका थिए । उनले यस्तो डर निम्त्याएका थिए कि अमेरिकामा पत्र पठाउने तरिका नै फेरिएको थियो ।
सेप्टेम्बर १९९५ मा, केजिन्स्कीले न्यूयोर्क टाइम्स र वाशिङ्टन पोस्टलाई आफ्नो लेख प्रकाशित गर्न बाध्य पारे । यस लेखको शीर्षक थियो– औद्योगिक समाज र यसको भविष्य ।
राष्ट्रिय समाचारपत्रहरूले उनको लेख प्रकाशित गरे केजिन्स्कीले आफ्नो हिंसात्मक अभियान अन्त्य गर्ने बताएका थिए । यो लेख एफबीआई र अमेरिकी महान्यायाधिवक्ताको सहमतिमा प्रकाशित गरिएको थियो ।
आफ्नो ३५००० शब्दको लेखमा, केजिन्स्कीले आधुनिक जीवनको आलोचना गर्दै प्रविधिका कारण अमेरिकी जनता शक्तिहीनता र एक्लोपनबाट ग्रस्त भइरहेको बताएका थिए ।
तर अखबार पढेपछि, केजिन्स्कीका दाइ र भाउजूले उनको भाषा चिने र एफबीआईलाई सचेत गराए । एफबीआईले करिब २० वर्षदेखि उनको खोजी गरिरहेको थियो । यो अमेरिकाको सबैभन्दा ठुलो खोज अभियानमध्ये एक थियो ।
केजिन्स्की पक्राउ पर्दा के भने ?
अप्रिल १९९६ मा प्रहरीले उनलाई मोन्टानाको लिङ्कन क्षेत्रमा १० बाइ १४ फिटको प्लाइवुडले बनेको क्याबिनबाट पक्राउ गरेको थियो ।
उनको घर पत्रिकाले भरिएको थियो । कोडमा लेखिएको डायरी र दुई वटा तयारी बम थियो ।
केजिन्स्कीको लेखको भाषा अत्यधिक राजनीतिक थियो र यसले धेरै मानिसहरूलाई प्रभावित गरेको थियो तर उनले यो क्रान्तिकारी आवरणलाई मूल रूप दिने माग कहिल्यै गरेनन् । धेरै मानिसहरूले यी विचारका लागि उनलाई नै जिम्मेवार बताएका थिए ।
आफ्नै डायरीमा उनले आफू परोपकारी नभएको र मानवताको हितका लागि काम नगरिरहेको लेखेका छन् । बदलाको भावनाबाट प्रेरित भएर काम गरिरहेको भन्ने कुरामा उनले जोड दिए ।
एक महिला सहकर्मीले केजिन्स्कीलाई दुई पटक डेट गरेपछि छोडेकी थिइन् । त्यसपछि उनका भाइले उनलाई आफ्नो पारिवारिक व्यवसायबाट हटाइदिएका थिए । यो घटना भएको केही दिन पछि नै केजिन्स्कीले हमला सुरु गरेका थिए ।
त्यसपछि उनी मोन्टानामा आफैँले बनाएको क्याबिनमा बस्न थालेका थिए । यसमा न बिजुली थियो, न पानी थियो, न नै कुनै खालको सुविधा थियो ।
उनले सबैभन्दा पहिलो हमला इलेनोयको नर्थवेस्टर्न युनिभर्सिटीमा गरेका थिए । दुई बम हमला लगभग एक वर्षको अन्तरालमा भएको थियो । पहिलो हमला २५ मे १९७८ र दोस्रो ९ मे सन् १९७९ मा भएको थियो । यसमा दुई जना घाइते भएका थिए ।
त्यसपछि उनले यस्तो बम बनाएको थियो जुन उचाइमा गएर आफै विस्फोट हुन्थ्यो । यो बमलाई अमेरिकन एयरलाइनको फ्लाइटमा राखिएको थियो । धुवाँका कारण यो घटनामा १२ जना घाइते भएका थिए ।
किन यूएनए बम्बर भनेर नाम दिइयो ?
सुरुवाती हमलापछि एफबीआईले उनलाई यूएनए बम्बर नाम दिएको थियो किनभने उनको निशानमा विश्वविद्यालय र एयर लाइन थियो ।
त्यसपछिका वर्षमा केजिन्स्किीले थप १३ वटा हमला गरे । यसमा तीन जना मारिए ।
यसमा एडभर्टाइजिङ एक्जिक्युटिभ थोमस मोसर पनि थिए । अदालतको सुनुवाइका क्रममा उनकी श्रीमतीले घटना भएको दिन उनले घरमा क्रिसमस ट्री घर ल्याउने योजना भएको बताएकी थिइन् ।
घटनालाई स्मरण गर्दै उनले भनेकी थिइन्, ‘उनी निकै सुस्त तरिकाले बोलिरहेका थिए । उनको हातका औँला झुण्डिरहेका थिए । मैले उनको बायाँ हात समातेँ । मैले उनलाई ‘मद्दत पाउनै लाग्यौँ’ भनिरहेकी थिएँ । मैले उनलाई ‘म तिमीलाई धेरै माया गर्छु’ भनिरहेको थिएँ ।’
गिरफ्तारीपछि केजिन्स्किीले हमला गर्नुको कारणबारे विभिन्न अनुमान लगाइयो ।
किशोरावस्थामा उनको आइक्यू टेस्ट गरिएको थियो जसमा उनले १६७ अङ्क ल्याएका थिए । त्यसपछि दुई कक्षा चढेर उनी हार्वर्ड युनिभर्सिटीमा १६ वर्षको उमेरमा पढ्न पुगेका थिए ।
बिग्रिएका जिनियस
जेलमा उनीसँग साक्षात्कार गर्ने एक मनोवैज्ञानिकले उनलाई प्यारानोयड सिजोफ्रेनिक बताएका थिए ।
सेली जोनसनले उनीबारे ४७ पानाको एउटा रिपोर्टमा लेखेका थिए – उनको विचारधाराको केन्द्रमा यो विचार थियो कि परिवार र आधुनिक समाजले उनलाई कलङ्कित बनाएको र उनलाई उत्पीडनमा पारेको थियो ।
सन् १९९९ मा टाइम म्यागेजिनलाई दिएको एक साक्षात्कारमा उनले भनेका थिए, ‘उनी कुनै पनि खालका मानसिक रोगबाट पीडित थिएनन् र उनलाई लाग्छ कि उनी एक समझदार व्यक्ति हुन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको राष्ट्रपति निर्वाचनको पर्यवेक्षण गर्दै प्रमुख निर्वाचन आयुक्त थपलिया
-
अमेरिकाको भावी राष्ट्रपतिले रुस–युक्रेन युद्धमा कस्तो प्रभाव पार्न सक्लान् ?
-
१५० जना नेपाली शान्ति सैनिक दक्षिण सुडान उडे
-
‘बजेट रकमान्तर गरेर भएपनि क्षति पुगेका खानेपानीका आयोजनाको पुनर्निर्माण गर्छौं’
-
सादा पोसाकका प्रहरीमाथि रास्वपाका कार्यकर्ताको हातपात
-
त्रिभुवन विश्वविद्यालयमा भोलि शोक बिदा