गर्मी बढेपछि रामपुरका विद्यालय बन्द
सोमबार, २९ जेठ २०८०, ०७ : १८

रामपुर । अत्यधिक गर्मी बढेपछि पाल्पा रामपुरका विद्यालय बन्द गरिएको छ । रामपुर नगरपालिकाभित्र सञ्चालित सबै शैक्षिक संस्थामा गर्मीले पठनपाठन सञ्चालनमा कठिनाइ भएकाले आजदेखि पाँच दिनसम्मका लागि विद्यालय बन्द गरिएको हो ।
रामपुर नगरपालिका शिक्षा शाखाको यही जेठ २८ गतेको निर्णयअनुसार आजदेखि असार १ गतेसम्म नगरपालिकाभित्र रहेका सम्पूर्ण सामुदायिक, संस्थागत तथा मन्टेश्वरीमा बिदा दिने दिइएको छ ।
बर्खे र हिउँदे बिदामा मिलान हुने गरी बिदा दिइएको नगरपालिकाका शिक्षा अधिकृत विकल काफ्लेले बताउनुभयो ।
शिक्षा शाखाले तातो हावा (लू)बाट बच्न सतर्कताका सुझाव सम्प्रेषण गर्न विद्यालयलाई अनुरोधसमेत गरेको छ । लामो समयसम्म पानी नपरेपछि यस क्षेत्रमा गर्मी अत्यधिक बढेको छ । गर्मीले पठनपाठन, दैनिक कामकाजमा समस्या भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक र सञ्चारकर्मीमाथिको दमन निन्दनीय छ : माओवादी केन्द्र
-
शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गर्यो : क्रान्तिकारी कम्युनिस्ट पार्टी
-
तीन अर्ब सन्ताउन्न करोड बराबरको चिया निर्यात
-
भोजपुर गोल्डकप : भोजपुरलाई हराउँदै भारतको जर्जियन क्लब विजयी
-
पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राडा थापा
-
‘बौद्धदर्शनको प्रसारमा योगदान गर्ने व्यक्तित्वबारे अनुसन्धान गरिने’