मध्यपहाडी लोकमार्गमा सत्र सय किमी फाइबर विस्तार
काठमाडौँ । पाँचथरदेखि दार्चुलासम्म फैलिएको मध्यपहाडी लोकमार्गको विभिन्न खण्डमा गरी हालसम्म एक हजार सात सय किलोमिटर अप्टिकल फाइबर बिछ्याइएको छ । देशैभर उच्च गतिको इन्टरनेट उपलब्ध गराउन आवश्यक पूर्वाधार निर्माण गर्ने उद्देश्यसहित सञ्चालन गरिएको मध्यपहाडी लोकमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने सूचना महामार्ग निर्माण परियोजना अन्तर्गत अप्टिकल फाइबर बिछ्याइएको हो ।
नेपाल दूरसञ्चार प्राधिकरण मातहतमा रहेको ग्रामीण दूरसञ्चार विकास कोषबाट सञ्चालित उक्त परियोजनाको प्याकेज एक अन्तर्गत एक हजार ३६७ र प्याकेज तीन अन्तर्गत ३३ किलोमिटर फाइबर बिछ्याइएको प्राधिकरणले जनाएको छ । प्याकेज दुई अन्तर्गत भने अहिलेसम्म काम सुरु भएको छैन । प्राधिकरणले प्याकेज एक अन्तर्गत कोशी, मधेस र बागमती प्रदेशलाई समावेश गरी दुई हजार ८३ किलोमिटर अप्टिकल फाइबर बिछ्याउन नेपाल टेलिकमलाई जिम्मा दिएको थियो । २०७३ असोजको दोस्रो साता प्राधिकरणले टेलिकमसँग प्याकेज एकको सम्झौता गरेको थियो । दुई वर्षभित्र सम्पन्न गर्नुपर्ने गरी सम्झौता भए पनि २०७६ वैशाखदेखि फाइबर बिछ्याउन सुरु गरिएको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनपीएलको उपाधि जित्ने ‘काठमाडौं गोर्खाज’को लक्ष्य
-
ला लिगामा रियालको सहज जित
-
म्यान्चेस्टर युनाइटेडलाई बराबरीले लाग्यो घाटा
-
लिभरपुल विजयी, शीर्ष स्थानमा कब्जा कायमै
-
साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म