शनिबार, ०३ कात्तिक २०८१
ताजा लोकप्रिय

जब भारतीय विमान पाकिस्तानको हवाई क्षेत्रमा पुग्यो....

आइतबार, २८ जेठ २०८०, २१ : ११
आइतबार, २८ जेठ २०८०

अहमदाबाद । अमृतसरबाट अहमदाबाद जाँदै गरेको इन्डिगोको विमान खराब मौसमका कारण पाकिस्तानको हवाई क्षेत्रमा प्रवेश गरेको छ । एयरलाइन्सका अनुसार विमान सुरक्षित रूपमा आइतबार  भारतको हवाई क्षेत्रमा फर्कनुअघि पाकिस्तानको गुजरनवालातर्फ गएको थियो।

इन्डिगोको उडान (6E-645)खराब मौसमका कारण अटारीबाट पाकिस्तान डाइभर्ट गर्नुपरेको एयरलाइन्सले विज्ञप्तिमा जनाएको छ। इन्डिगोले यसका लागि पाकिस्तानलाई सम्पर्क गरेको र उनीहरु चालक दलका सदस्यसँग निरन्तर सम्पर्कमा रहेको बताएको छ ।

पाकिस्तानी सञ्चारमाध्यम डनको समाचार अनुसार यो विमान साँझ ७.३० बजे लाहोरको उत्तरी भागमा प्रवेश गरेको थियो र साँझ ८ः १५ बजे भारत फर्किएको थियो। अखबारले पाकिस्तानको नागरिक उड्डयन विभागका एक अधिकारीलाई उद्धृत गर्दै यो अभ्यास असामान्य नभएको र खराब मौसममा अन्तर्राष्ट्रिय रूपमा अनुमति रहेको पनि स्पष्ट पारेको छ।

यसअघि मे महिनामा पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको विमान भारतको हवाई क्षेत्रमा प्रवेश गरी करिब १० मिनेटसम्म बसेको थियो । यसको पछाडिको कारण पनि खराब मौसम नै थियो । त्यो बेला पाकिस्तानमा भारी वर्षा भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप