म विकासको लक्ष्य लिएर अगाडि बढेको छु : विनोद चौधरी

नवलपरासी । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले आफूले सुरु गरेको विकासका कामको परिणाम देखिन थालेको बताएका छन् । उनले नवलपरासी १ को विकासका लागि व्यवस्थित रूपमा कामको सुरुवात भएको बताए ।
आइतबार परासीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘हामीले विभिन्न अवरोध र असहयोगलाई चिर्दै सकारात्मक सोचका साथ प्रतिबद्धतापूर्ण रूपमा यो क्षेत्रको विकासका लागि काम गरेका छौँ । म निर्वाचित भएको ६ महिनामै त्यसको परिणाम तपाईँहरू सबैले देख्नुभएको छ ।’
नवलपरासी १ बाट प्रत्यक्ष निर्वाचित सांसद चौधरीले चुनावी प्रतिबद्धता कार्यान्वयनमा आफू इमानदार भएको बताए । उनले वर्षौदेखि समस्याका रूपमा रहेको गण्डक आयोजनाको कामले तीव्रता पाएको बताए ।
‘हरेक वर्ष मनसुन आउने बित्तिकै स्थानीय त्रासदीमा बाँच्ने अवस्था थियो । अहिले ८० करोडको लागतमा बिसौँ वर्षसम्म बिग्रेर रहेका बाँध तथा ठोकरहरुको मर्मत सम्भारको काम तीव्रताका साथ अगाडि बढेको छ,’ उनले थपे, ‘सरोकारवालाहरूले पनि भन्न थालेका छन्, अब बाढीको चिन्ता गर्नुपर्दैन । डुबान र कटानको समस्याको दीर्घकालीन स्थायी समाधानका लागि मास्टरप्लान निर्माण कार्य अगाडि बढेको छ ।’
सांसद चौधरीले नारायणघाट–बुटवल सडक खण्डको निर्माण कार्यले तीव्रता पाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिजोको घटनामा पूर्वराजालाई जोड्नु अनुपयुक्त : कमल थापा
-
कांग्रेस नेता सिटौलाले मागे शुक्रबारको हिंसात्मक घटनाबारे पूर्वराजाको धारणा
-
आइतबार प्रतिनिधिसभा बैठक बस्ने, यस्ता छन् कार्यसूची
-
पत्रकार हत्याको विरोध महासंघद्वारा आन्दोलनका थप कार्यक्रम तय
-
नैनशोभाको सुपारी
-
राजावादीको हिंसात्मक प्रदर्शनः रोयल टास्क फोर्सका राजभण्डारी पक्राउ