मलामी जाँदा पहिरोमा पर्ने परिवारलाई बीमाको २६ लाख हस्तान्तरण

सुर्खेत । मलामी जब आफै मृतक बन्छ, घटना आफैमा कहालीलाग्दो हुन्छ । घटना हो असोज २३ २०७९ को । कालिकोटको तिलागुफा नगरपालिका–४ राँचुलीमा मलामी जाने क्रममा पहिरोमा एकजना होइन, १३ जना बेपत्ता भएका थिए ।
यसै क्रममा ती पीडित परिवारलाई प्रदेश सरकारले केही राहत दिएको छ । राष्ट्रिय बीमा कम्पनीमार्फत् गरेको सामूहिक दुर्घटना बीमाबाट प्रति व्यक्ति दुई लाखका दरले २६ लाख बीमा रकम हस्तान्तरण गरेको छ ।
राष्ट्रिय बीमा कम्पनी सुर्खेतका प्रमुख शिवराज विसीका अनुसार बीमावापत पीडितका परिवारले पाउने रकम हकवालाको खातामा जम्मा हुने भएको छ ।
मलामी जाँदा माथिबाट आएको पहिरोमा परि मृत्यु हुनेहरुमा मानबहादुर शाही, अलिबहादुर शाही, खगेन्द्रबहादुर शाही, खिमबहादुर शाही, धनबहादुर शाही, भेषबहादुर शाही, भीमबहादुर शाही, प्रशान्त शाही, धनबहादुर शाही, नरेश बहादुर शाही, छत्रजंग शाही, परबहादुर शाही र मोतीलाल शाही थिए । तिनका आफन्तले दुई लाखको दरले चेक बुझेका हुन् ।
आइतबार आन्तरिक मामिला तथा कानून मन्त्रालयमा नै बोलाएर चेक हस्तान्तरण गरिएको हो । सो अवसरमा कानुनमन्त्री कृष्णबहादुर जिसी ‘जितेन्द्र’ ले बीमा कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउन निर्देशनसमेत दिए ।
आगामी दिनमा प्राकृतिक प्रकोपमा परेकाहरुको उपचारको व्यवस्था गर्न, मृतक परिवारले पाँच लाख रुपैंयासम्म पाउने व्यवस्था गरिने मन्त्री जिसीको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झोलुङ्गे पुल निर्माणले १८ सय घरधुरी लाभान्वित
-
प्रदेश सरकार शान्ति सुव्यवस्था कायम गर्ने कुरामा भूमिका विहीन भयो : मन्त्री लामिछाने
-
‘वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न आग्रह’
-
धुलिखेल नगरद्वारा तालिमपछि आठ सय रोजगार
-
रोकियो वर्षा, नेपाल र अफगानिस्तानबिचको खेल सुरु गर्ने तरखर (तस्बिरहरू)
-
सरकार परिवर्तन हुँदैछ भन्ने हल्लामा सत्यता छैन : गृहमन्त्री लेखक