बूढानीलकण्ठ आवासीय विद्यालयमा प्रवेश परीक्षामा अनुत्तीर्ण विद्यार्थीलाई भर्ना, अनेरास्ववियूको ध्यानाकर्षण
काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठस्थित बूढानीलकण्ठ आवासीय विद्यालयको विद्यार्थी भर्ना प्रक्रिया विवादमा तानिएको छ । नेपाल सरकारको अनुदानबाट सञ्चालित सो विद्यालयले विद्यार्थी भर्ना प्रक्रिया अन्तर्गत प्रवेश परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरुलाई भर्ना नगरी अनुत्तीर्ण भएका विद्यार्थीहरुलाई भर्ना गरेको आरोप लागेको हो ।
आर्थिक चलखेल तथा पदीय जिम्मेवारीको दुरुपयोग गर्दै अनुत्तीर्ण विद्याथीहरुलाई भर्ना गरेकोप्रति अनेरास्ववियूले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले आइतबार जारी गरेको विज्ञप्तिमा प्रवेश परीक्षाको नतिजा मेरिट बेसका आधारमा विद्यार्थीको भर्ना नगरिनु निन्दनीय पक्ष भएको बताएका छन् ।
‘हरेक वर्ष कक्षा ५ र अन्य विद्यार्थी रिक्त भएका कक्षाहरुमा प्रवेश परीक्षाको मेरिट बेसका आधारमा भर्ना लिँदै आएको विद्यालयले यस वर्षको भर्ना प्रक्रियामा गरेको अनियमितताले यस विद्यालयको उच्च प्रतिष्ठामाथि गम्भीर प्रश्न उठेको छ’, विज्ञप्तिमा भनिएको छ ।
नेपालको शिक्षा क्षेत्रमा एक प्रतिष्ठित विद्यालयको छवि कायम गरेको विद्यालय यस्ता प्रकारका आर्थिक र प्रशासनिक अनियमिततामा मुछिनु दुःखद पक्ष विज्ञप्तिमा उल्लेख छ ।
‘यस वर्षको भर्ना प्रक्रियामा संलग्नमाथि छानबिन गरी कारबाही गर्न र भर्ना प्रक्रियालाई मेरिट बेसका आधारमा अगाडि बढाउन नेपाल सरकार शिक्षा मन्त्रालयलाई अनेरास्ववियू जोडदार माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कहाँबाट निम्ता आयो, कहाँबाट आएन भनेर गिर्नुपर्ने अवस्था आयो’
-
सबै संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
-
अफगानिस्तानपछि नेपालले बलियो दक्षिण अफ्रिकालाई पनि हरायो
-
वैदेशिक रोजगारीमा जाने श्रमिकहरू मिटरब्याजीको ट्र्यापमा परे : श्रममन्त्री भण्डारी
-
विद्यार्थी घटेपछि बागलुङका १० विद्यालय बन्द
-
डीडीसी सुधारका लागि सक्दो प्रयास गर्दैछु : मन्त्री अधिकारी